FLASH NEWS
  • Loading...

अब प्रभावमा आधारित मौसम पूर्वानुमान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९० पटक पढिएको
अब प्रभावमा आधारित मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ। त्यसमा “नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख हुन्छ।

तीन दिनको मौसम पूर्वानुमान घटना हुनसक्नेछ भन्ने मात्र जानकारी प्राप्त छ। तर कुन क्षेत्रमा के असर गर्दैछ भन्ने जानकारी पाउन सकिएको छैन। यो परम्परागत मौसम पूर्वानुमान प्रणाली केही प्रभावकारी भए पनि असर न्यूनीकरणमा खासै काम गर्न सकेको छैन।

त्यसैले अब मुलुकमा घटना हुँदैछ मात्रै होइन, त्यसले कुन–कुन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ? कुन बस्तीलाई कस्तो असर पार्न सक्छ, त्यो बेलामा मानिसले के गर्न हुन्छ, के गर्न हुँदैन, कस/कसले सावधानी अपनाउने र त्यसका लागि कुन निकाय कसरी परिचालन गर्ने भन्नेसम्मको पूर्वानुमान दिने गरी ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’को प्रयोग गर्न लागिएको छ। यही वर्षबाट नमूनाका रूपमा उक्त परियोजना सञ्चालन हुँदैछ।

मुलुकमा अहिले पूर्वमनसुन भित्रिसकेको छ । मनसुन आउनुअघि नै आवश्यक तयारी गर्नका लागि यसपालिदेखि भने नमूना परियोजनाका रूपमा विभिन्न नौ जिल्लामा प्रभावमा आधारित मौसम पूर्वानुमान परियोजना सञ्चालन गर्न लागिएको छ। नेपाल सरकारका सहसचिव कृष्णहरि पुष्कर जीवन, सम्पत्ति, दैनिक जनजीवनको सुरक्षाका बारेमा सूचना स्रोत सङ्कलन नै प्रभावमा आधारित मौसम पूर्वानुमान भएको बताउँछन्।

पानी कहाँ पर्छ, कति पर्छ, बाढी, पहिरोको सम्भावना कति छ भन्ने परम्परागत सूचना प्रणालीलाई प्रभावमा आधारित बनाएर मौसमले के गर्न सक्छ, कहाँ कस्तो असर गर्नसक्छ र त्यसबाट सावधानीका के–केस्ता उपाय हुनसक्छ भनेरसमेत पूर्वानुमान गर्ने गरी उक्त नमूना कार्यक्रम शुरु गर्न लागिएको जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र