FLASH NEWS
  • Loading...

आजबाट कोरोना भाइरस विरुद्धको खोप सुरू

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९७ पटक पढिएको
आजबाट कोरोना भाइरस विरुद्धको खोप सुरू

नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको छ ।

म्याग्दीमा पनि पहिलो चरणमा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अग्रपंतिमा खटिएका श्वास्थ्यकर्मीलाई खोप दिन सुरु गरिएको हो ।

म्याग्दीमा बेनी नगरपालिकाका २ सय ५५ जना, अन्नपूर्ण गाउँपालिकाका १ सय १५, मंगलामा ६८, मालिकामा १ सय ४५ जना, धवलागिरीमा ९८ जना र रघुगंगामा १ सय ४० जनासमेत ८ सय २१ जना फन्टलाईनमा खटिएका ब्यक्तिलाई कोरोना विरुद्धको खोप लगाईने म्याग्दीका स्वास्थ्य कार्यालय प्रमु एकनारायण लम्सालले बताए ।

खोप लगाउँदा समस्या देखिए राज्यले उपचार गर्ने

कोरोना भाइरसविरुद्धकको खोप लगाउँदा राज्यले नै उपचार गर्नेछ।

खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको कुरा अनुसन्धान समितिले  गरेमा सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो, सो निकाय वा संस्थाले उपचार गरी क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ। तर अहिलेको नेपालमा खोप उपलब्ध गराउने भारतीय कम्पनीले ‘कोभिशिल्ड’ले भने त्यसको जिम्मेवारी नलिने प्रष्ट पारेको छ। पहिलो चरणमा फ्रन्टलाइनरलाई लगाउँदा उनीहरूमा कुनै असर देखियो भने सम्बन्धित अस्पतालमै उपचार गर्ने गरी व्यवस्था मिलाइएको छ।

‘आज देशैभर एक साथ कोरोना विरुद्धको खोप अभियानको सुरु गरिएको  छ’ खोप अभियान जिल्लामा सुभारम्भ गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय जनश्वास्थ्य महाशाखा प्रमुख शम्भु ज्ञवालीले भने, ‘खोपका साईट इफेक्ट हुनसक्छ, हामी सवै अझै खोपको प्रभावकारीता ा अनविज्ञ नै छौं । खोप लगाएप्नि मास्क लगाउने समेतका सावधानी अपनाउन भने छोड्नु हुँदैन ।’ त्यसका लागि विभिन्न अस्पतालमा उपचार व्यवस्था मिलाइएको प्रमुख शम्भु ज्ञवालीले बताए।

 

तर खोप लगाउनका लागि भर्नुपर्ने कार्डमा भने खोप लगाएर केही भएको खण्डमा स्वयं नै जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ। “नेपाल सरकारबाट कोभिड–१९ विरुद्धमा उपलब्ध भएको खोप मैले मेरो राजीखुशी लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु,” खोप लिनेलाई विवरण भर्न दिइने खोप कार्डमा लेखिएको छ। खोप ऐन, २०७२ मा समेत खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाको तत्काल अनुसन्धान गर्न अनपेक्षित घटना अनुसन्धान समिति रहने व्यवस्था गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल