FLASH NEWS
  • Loading...

‘सूर्य’ हाम्रो हो, नभए अरु कसैको हुँदैन– नेता वस्नेत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८१ पटक पढिएको
‘सूर्य’ हाम्रो हो, नभए अरु कसैको हुँदैन– नेता वस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समुहका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज महेश वस्नेतले प्रतिनिधी सभा पुर्नस्थापना नहुने र सूर्य चुनाव चिन्ह आफुहरुले पाउने दावी गरेका छन ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गरेछ भने पनि काँग्रेससँग सहकार्य गरी सरकार बन्छ अव प्रचण्ड–माधव समुहसँग एकता संभव छैन । प्रतिनिधी सभा पुन:स्थापना भएपनि नेकपा अव एक हुन सक्दैन । प्रचण्ड–माधव नेपाल समुहले आफ्नै दलका प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोज्नु भनेको संसदिय दल टुक्राउनु खोजेकोले पार्टी फुटेको नेता वस्नेतले दावी गरे ।
‘अव संसदिय निर्वाचनपछिको परिणामले मात्र पुन:पार्टी एकिकरणको आवश्यकता माग्न सक्छ, भर्खर पार्टी एक हुँदैन । प्रचण्ड माधव समुहसंग वहुमत छैन, यदी छ भने टाउको गनेर देखाए भैगयो नि’ बुधवार बेनीमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता वस्नेतले भने, ‘सूर्य चुनाव चिन्हमा दावी गर्ने प्रचण्डलाई नैतिक आधार छैन, माधव–झलनाथ कमरेडहरु प्रचण्डसँग ‘पोईल’ जानु भएकोले सूर्य चुनाव चिन्हमा दावि गर्न मिलेन । सूर्य हाम्रो हो नभए कसैको पनि हुँदैन ।’
बस्नेतले थपे, ‘नेपालमा प्रधानमन्त्रीको शिफारिसमा ४ पटक प्रतिनिधी सभा विघटन भएका छन । यी प्रतिनिधी सभा विघटनका विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला गरेको छ । संविधान, ऐन कानुन बाझिएको अवस्थामा सर्वोच्च अदालते यस अघि गरेको फैसलाहरु स्वत नजिरको रुपमा प्रभावकारी वन्ने हुँदा प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने इच्छालाई सर्वोच्च अदालतले रोक्दैन ।’
ओली समुहका नेता वस्नेतले प्रचण्डले कमरेड बामदेव मार्फत पार्टी एकतागरी सत्ताकालागी बार्गेनिङ गरिरहेको आरोप समेत लगाए । मगलवार बेनीमा युवा भेलालाई सम्बोधन गर्दे विगतमा पनि प्रचण्डको उदण्ड रगजगलाई ‘साईजमा’ ल्याएको बताउँदै एमालेबाट केही नेता कार्यकर्ता चोईट्याउन खोज्दा आफ्ना हातखुट्टा काटिएको चाल नपाएको दावी गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल