Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रचण्ड-नेपाल समूहले जबज त्याग्यो, सट्टामा– समाजवादउन्मुख जनताको जनवाद

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३७० पटक पढिएको
प्रचण्ड-नेपाल समूहले जबज त्याग्यो, सट्टामा– समाजवादउन्मुख जनताको जनवाद

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको असन्तुष्ट समूह (पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल)ले जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) औपचारिक रूपमै त्यागेको छ।

यसअघि भण्डारीद्वारा प्रतिपादित जबजलाई राजनीतिक सिद्धान्तका रूपमा स्थापित गर्ने कामको नेतृत्व गरेका तत्कालीन नेकपा एमालेका महासचिव नेपालले जबज त्याग्नुलाई उनको ठूलो राजनीतिक विचलनका रूपमा लिइएको छ। मूल पार्टी नेकपासँग छुट्टिएपछि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जबजसँग भावनात्मक लिगेसी भएको भनिएका नेपालको समूहले जबजको सट्टा अँगालेको विचारलाई ‘समाजवादउन्मुख जनताको जनवाद’ नाम दिएको छ।

समूहले भोलि सरकारविरुद्ध गर्ने तयारी गरेको प्रदर्शनका लागि नारा सार्वजनिक गर्दै जबज त्यागको औपचारिक घोषणा गरेको हो। त्यसमा असन्तुष्ट समूहले ‘बहुदलीय’को सट्टामा ‘समाजवादउन्मुख’ शब्द प्रयोगमा ल्याएको छ।

सार्वजनिक गरिएको नाराको सूचीमा १२ नम्बरमा ‘समाजवादउन्मुख जनताको जनवाद – जिन्दावाद’ उल्लेख छ। जननेता भण्डारीद्वारा प्रतिपादित जबजलाई स्थापित र व्याख्या गर्ने कामको नेतृत्व लामो समय एमालेको मुख्य नेताका रूपमा माधव नेपालले गर्दै आएका थिए।

प्रचण्ड-नेपाल समूहले भोलि सरकारविरुद्ध गर्ने देशव्यापी प्रदर्शनका लागि आज सार्वजनिक गरिएको १४ वटा नारामा कतै पनि जबजको उल्लेख गरिएको छैन।

मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)लाई माधव नेपालले जग मान्दै आएका थिए। तर प्रचण्ड-नेपाल समूहले ‘बहुदलीय’को सट्टामा ‘समाजवादउन्मुख’ शब्द प्रयोगमा ल्याएको छ। 

सार्वभौमिकतालाई समेटेर नारा यस्तो दिन सार्वजनिक गरिएको छ, जुन दिन नेकपाभित्र पुनः एकता हुन सक्छ कि भनेर चिनियाँ नेता काठमाडौमा नेताको घरदैलो गरिरहेका छन्।

आफ्नै पार्टीका नेताले असहयोग गरेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दै निर्वाचनमा जाने निर्णय गरेपछि नेकपा फुटको संघारमा पुगेको छ। नेकपाभित्र ओली र प्रचण्ड-नेपाल दुवै पक्षले छुट्टाछुट्टै भेलाहरूको आयोजना गर्ने गरिरहेका छन्। यस क्रममा प्रचण्ड नेतृत्वको असन्तुष्ट समूहले पार्टीका प्रथम अध्यक्ष ओलीलाई कारवाहीसमेत गरेको बताएको छ।

प्रचण्ड-नेपाल समूहले ओलीलाई कारवाही गरेपछि पूर्व एमालेका कार्यकर्ताको ‘सेन्टिमेन्ट’ लिन प्रचण्ड, नेपाल र झलनाथ खनाल बल्खु पुगी स्वर्गीय मदन मण्डारीको शालिकमा माल्यार्पण गरेका थिए।

भण्डारीको शालिकमा माल्यार्पण गरेको हप्ता दिन नबित्दै प्रचण्ड-नेपाल समूहले आफ्नो नारामा भण्डारीद्वारा प्रतिपादित जबजलाई नसमेटी ‘समाजवादउन्मुख जनताको जनवाद’लाई स्थान दिएका छन्। यसद्वारा असन्तु्ष्ट समूहले आफ्नो राजनीतिक दिशा स्पष्ट पार्दा समूहमा प्रचण्ड हावी रहेको प्रष्टिएको छ।

नेकपाको प्रचण्ड-नेपाल समूहले आज सार्वजनिक गरेको नारामा ‘राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको – रक्षा गरौँ’ समेत राखिएको छ।

प्रचण्ड-नेपाल समूहले सार्वभौमिकतालाई समेटेर नारा यस्तो दिन सार्वजनिक गरेको छ, जुन दिन नेकपा एकता हुन सक्छ कि भनेर चिनियाँ नेता काठमाडौँमा नेताको घरदैलो गरिरहका छन्। स्वयं प्रचण्ड र नेपालसमेत चिनियाँ नेताहरूसँगको भेटघाटमा व्यस्त छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ये चौले आज नै नेकपाका नेता प्रचण्ड र नेपालसँग भेट गरी नेकपा एकताको प्रयास गरेका थिए।

प्रचण्ड-नेपाल समूहको नारामा ‘भारतीय सेना लिम्पियाधुरा-कालापानी – छोड’समेत समेटिएको छ। प्रधानमन्त्री ओलीले केही महिनाअघि कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेका थिए। नारामा ‘पार्टी एकता – जिन्दावाद’समेत उल्लेख छ, जब कि प्रचण्ड–नेपाल समूहले ओली नेतृत्वको नेकपा आधिकारिक होइन भन्दै पार्टीको आधिकारिकताका सम्बन्ध कानूनसम्मत् निर्णय गरिदिन निर्वाचन आयोगलाई गुहारेर फुटको औपचारिक प्रयास गरिसकेका छन्। समाचार देखापढी डटकममा प्रकाशित छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल