Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

११ जिल्ला हिमपात/हिमपहिरो र २१ जिल्ला शीतलहरको उच्च जोखिममा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७४ पटक पढिएको
११ जिल्ला हिमपात/हिमपहिरो र २१ जिल्ला शीतलहरको उच्च जोखिममा

देशभरका ३२ जिल्ला हिमपात/हिमपहिरो र शीतलहरको उच्च जोखिममा परेका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाडोयाममा मौसमी प्रतिकूलताका कारण बर्सेनि हुने जनधनको क्षति, तापक्रमको अवस्था र मानिसको बसोबासको स्थितिका आधारमा सूची तयार पारेको हो ।

सोहीअनुसार मन्त्रालयले ११ जिल्लालाई हिमपात/हिमपहिरो र तराई/मधेसका २१ जिल्लालाई शीतलहरको उच्च जोखिममा राखेको हो ।

तराईका ११ जिल्ला शीतलहरको उच्च जोखिममा र ११ जिल्ला जोखिममा छन् । यस्तै, २१ हिमाली जिल्ला हिमपातको उच्च जोखिममा तथा बाँकी ३४ जिल्ला चिसो प्रभावित सूचीमा छन् । मन्त्रालयका अनुसार शीतलहरको उच्च जोखिममा सुनसरीको दक्षिणी भाग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, कपिलवस्तु गरी ११ जिल्ला छन् ।

त्यस्तै ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र रसुवाको माथिल्लो भेग, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखा, रुकुम पूर्व र म्याग्दी गरी २१ जिल्ला हिमपातको उच्च जोखिममा छन् । मन्त्रालयले केही दिनअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिवहरूलाई बोलाएर चिसोका कारण हुने जनधनको क्षति न्यूनीकरणबारे छलफलसमेत गरेको थियो ।

२०७१ असोज २८ मा मनाङ र मुस्ताङ क्षेत्रको माथिल्लो भेगमा हिमआँधी (हुदहुद) का कारण ४३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ५० जना हराएका थिए ।पछिल्लो ४ वर्षमा हिमपात र शीतलहरबाट मात्रै ८२ जनाको मृत्यु भएको थियो । चिसोबाट मृत्यु भएका कतिपयको यकिन विवरण छैन । गृ मन्त्रालयका अनुसार हिमपात र शीतलहरबाट आर्थिक वर्ष २०७३/७४ मा ९, २०७४/७५ मा ४८, २०७५/७६ मा १२ र २०७६/७७ मा १३ जनाले ज्यान गुमाएका थिए । यो अवधिमा अत्यधिक चिसोबाट ३ हजारभन्दा बढी चौपायाको मृत्यु भएको थियो । विपद्बाट ज्यान गुमाएका मानिसका परिवारलाई २ लाखका दरले थप राहत दिने व्यवस्था छ । चिसोबाट हुने क्षति न्यूनीकरण तथा रोकथामलगायत कार्यक्रम सञ्चालन गर्न केन्द्रीय विपद् व्यवस्थापन कोषबाट शीतलहरको उच्च जोखिममा रहेका तराईका ११ जिल्लालाई १५ लाखसम्म र बाँकी ११ जिल्लालाई १० लाख, हिमाली २१ जिल्लालाई ७ लाखसम्म, पहाडी र उपत्यकासहितका ३४ जिल्लालाई ५ लाखसम्म रकम पठाइएको छ ।

मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख जनकराज दाहालले विगतमा हुने गरेका मानवीय र भौतिक क्षतिका आधारमा जिल्लाको वर्गीकरण गरेर चिसो रोकथाम तथा नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम निकासा गरिएको बताए । ‘हिमपात र शीतलहर प्रभावित जिल्लाको वर्गीकरण रणनीति अपनाइएको छ, त्यहीअनुसार एउटा जिल्लालाई ५ देखि १५ लाख रुपैयाँसम्मको बजेट निकासा दिएका छौं,’ दाहालले भने, ‘प्रदेश र स्थानीय सरकारबाट पनि यससम्बन्धी नीति तथा कार्ययोजना तय भएका कारण केन्द्रबाट गएको बजेटको आकार सानो देखिएको हुन सक्छ ।’ गत मंसिर १६ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले चिसोबाट बच्ने गरी ‘सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन–२०७७’ स्वीकृत गरे पनि त्यसअनुसारको व्यवस्थापनमा भने परम्परागत शैलीभन्दा माथि उठेर कार्ययोजना बनेको छैन ।

पुस सुरु भएपछि उच्च हिमाली भेगका धेरैजसो बस्ती विस्तारै चिसो छल्न तल झरिसकेका छन् । चिसोबाट बच्ने गरी सरकारी तहबाट ठोस कार्यक्रम नबन्दा बर्सेनि उच्च हिमाली भेगका बस्ती फागुनसम्मै अन्यत्रै सर्नुपर्ने बाध्यता छ । हुम्ला, मुस्ताङ, ताप्लेजुङ, मनाङलगायत जिल्लाका माथिल्लो भेगमा माइनस तापक्रम हुन थालेपछि बस्ती तल सरिसकेका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले मंसिर, पुस र माघ महिना तराई–मधेस र उच्च हिमाली क्षेत्र बढी प्रभावित हुने गरेको बताए । यो अवधिमा खासगरी ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी र गर्भवती महिला बढी जोखिममा पर्ने हुँदा तीनै सरकारबाट कार्यक्रम लागू गर्नुपर्ने उनको भनाइ छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल