FLASH NEWS
  • Loading...

कांग्रेसमा पनि फुटको प्रभाव

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३७ पटक पढिएको
कांग्रेसमा पनि फुटको प्रभाव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फुटको अभ्यास चलिरहेको छ। अहिले नेकपामा अध्यक्ष मात्रै तीन जना छन्। पार्टीभित्र अल्पमतमा परेपछि ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेर संघीय संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै विवाद बढेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट आएको संसद् विघटनको प्रस्ताव स्वीकार गरी मध्यावधि चुनावको मिति नै तोकेपछि नेकपामा मात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि यसको प्रभाव परेको देखिन्छ।

संसद विघटनको विषयमा प्रधानमन्त्री ओलीलाई प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन रहेको आरोप र टिप्पणी खेपिरहेका देउवाले पार्टी बैठकमै निर्वाचनमा जानुको विकल्प नरहेको बताएपछि कांग्रेस दुई धारमा देखिएको हो। उता, वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरोधमा सडकमा जानुपर्ने बताउँदै निर्वाचनमा जान नहुने बताउँदै आएका छन्। निर्वाचनमा नगई प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध उत्रिनुपर्ने बताएका पौडेललाई निर्वाचन हार्ने भएपछि विरोध गरेको आरोप पनि लागेको छ।

मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा संसद विघटनविरुद्ध रणनीति तय गरिने बताए पनि कांग्रेसभित्रै सरकारको विरोध गर्ने या समर्थन गर्ने भन्ने विषयमा विवाद सुरु भएको हो। आज (बिहीबार) पनि दिउँसो  केन्द्रीय समितिको बैठक बस्दै छ। आजको बैठकले संसद् विघटन विरोधमा आन्दोलन तय गर्ने बताइएको छ।

आजको बैठकबाट सरकारविरुद्ध आन्दोलनको मिति र कार्यक्रम तय हुनसक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ​तर, सरकारविरुद्ध आन्दोलन गर्ने या नगर्ने भन्नेबारे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मत बाझिएको छ। हिजो (बुधबार) बसेको केन्द्रीय समिति बैठकमा दुई नेताबीच चर्काचर्कीसमेत भएको थियो।

सभापति देउवा संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ कुर्ने पक्षमा छन्। तर, वरिष्ठ नेता पौडेलले सरकारविरुद्ध तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन र मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।​ सत्तारूढ नेकपाभित्र शीर्ष नेताहरू बीचको विवादका कारण संसद्‌ विघटन भएसँगै त्यसको असर कांग्रेसमा पनि परेको छ। संवैधानिक नियुक्तिमा भाग पाएका सभापति देउवाले अहिलेसम्म संसद्‌ विघटनबारे अरू दलका नेताहरूले झैँ कडा प्रतिक्रिया दिएका छैनन्।

केन्द्रीय सदस्य बलबहादुर केसीले बुधबारको बैठकमा कांग्रेस लोकतन्त्रवादी पार्टी भएकोले निर्वाचन अस्वीकार गर्न नहुने तर, प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा कसरी उत्रिने भनेर छलफल पनि गर्नुपर्ने तर्क गरे।

‘कांग्रेस पार्टी नै लोकतन्त्रलाई मुल मन्त्र बनाएको पार्टी हो त्यसैले लोकतन्त्रवादीले चुनाव अस्वीकार गर्ने कुरा हुँदैन तर, प्रधानमन्त्रीको कदमबारे आन्दोलनमा जाने रणनीति त बनाउनुपर्‍यो नि,’ केसीले भने। प्रधानमन्त्रीको कदमविरुद्ध उत्रिनुपर्छ भनेर केसी बोल्दाबोल्दै सभापति देउवाले रोकेर भने, ‘मैले सबैको कुरा सुनेको छु। सबैको धारणा सुन्नको लागि नै बैठक डाकिएको हो। मैले सुनिहालेँ रामचन्द्रजीलाई पनि तपाईंका कुरा सुनाउनुस्।’

देउवाले पौडेललाई कुरा सुनाउनुस् भन्दै केसीलाई जवाफ दिएको बेला पौडेल बैठक हलमा थिएनन्। केहीबेरमा बैठक हलमा प्रवेश गरेका पौडेलले देउवाले केसीसँग भनेको कुरा गाइँगुईं सुनिहाले। पौडेलले समय लिँदै उठेर भनिहाले, ‘लोकतन्त्रको रक्षा गर्न ओलीको कदमविरुद्ध आन्दोलन गरौँ भनेको छु मैले के भनेको छु र?’

कांग्रेसले पार्टी गत निर्णय नलिएकै बेला सडकमा गएर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध बोल्ने पहिलो नेता हुन् गगन थापा। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने पालो उनको हिजो बुधबार आयो। उनले भन्दै आएझैँ नै कांग्रेस अदालतको आदेश, अरू पार्टीले के गर्छ भनेर नकुरी सडकबाट प्रतिरोध गर्नुपर्ने बताएका छन्।

हिजोको बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल बीच मात्रै चर्काचर्की भएन।  चन्द्र भण्डारी र गुरुराज घिमिरे बीच पनि घोचपेच चल्यो। आज पनि केन्द्रीय समितिको बैठकमा केही नेताहरूले बोल्ने बताइएको छ। आजको बैठकले सरकारविरुद्ध आन्दोलनको कार्यक्रम, मिति तय गर्ने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल