FLASH NEWS
  • Loading...

धौलागिरी गाउँपालिकाको हिउँदे वैठक सुरु, सेवा कार्यालय एकिकृत गर्ने निर्णय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६४ पटक पढिएको
धौलागिरी गाउँपालिकाको हिउँदे वैठक सुरु, सेवा कार्यालय एकिकृत गर्ने निर्णय

धौलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न हिउँदे गाउँसभाले कृषी, पशु, स्वास्थ्य, शिक्षा समेत छरिएका सेवा कार्यालयहरुलाई एकिकृत गर्ने निर्णय गरेको छ । सवै विषयमा सहमति नजुटेकोले गाउँसभा मंगलवारसम्मकालागी स्थगित गरिएको छ ।
०७४ सालमा गाउँपालिका केन्द्र तोक्ने क्रममा उत्पन्न विवाद मिलाउन कृषी, पशु सेवा, स्वास्थ्य, शिक्षा समेतका ७ वटा सेवा कार्यालयहरु वडा नं ७ धारापानी, ताकम र सिवाङमा राखिएको थियो । गाउँपालिका केन्द्र माथी मुनामा रहेको तर मुख्य सेवा कार्यालय टाढाहुँदा दुख पाएको सेवाग्राहीले गुनासो गरेपछि गाउँपालिकाले छरिएका सेवा कार्यालय एकिकृत गरेको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
‘सेवा कार्यालय एकिकृत गर्ने निर्णय भएको छ । अस्पताल समेत कार्यालय कहाँ एकिकृत गर्ने विषयमा भने टुङ्गो लागेको छैन । सहमतिको प्रयास जारी छ’ धौलागिरी गापा उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘विभिन्न विकल्पहरुमा छलफल भैरहेको छ ।’
धौलागिरी गाउँपालिका वडा नं ३ मुनामा रहेको गाउँपालिकाको मुख्य कार्यालयसँगै रहेका सेवा कार्यालय बाहेक मुख्य सेवा कार्यालय ७ नम्बर वडाका धारापानी, ताकम र सिवाङ तीन वस्तीमा बाँडिएका थिए ।
गाउँसभाको बहुमतले सेवा कार्यालय एकिकृत गर्ने निर्णय गरेपनि ताकम, धारापानी र फलियागाउँवासीले भने गाउँपालिकाको केन्द्र तोक्ने निर्णय विरुद्ध ०७४ असोजमा सवोच्च अदालतमा मुद्धा परेको र मुद्धा विचाराधिन अवस्थामा सेवा कार्यालय एकिकृत गर्न नहुने भन्दै विरोध गर्दै आएका छन । हरेक स्थानीय तहमा ५ वेड क्षमताको ग्रामिण अस्पताल बनाउने विषयमा सहमति नजुटेपछि सेवा कार्यालय एकिकृत गर्ने कुरा पनि जोडिएर पेचिलो बनेको हो ।
‘सेवा कार्यालय छरिएर रहेकोले जनताले दुख पाएका छन । गाउँपालिका केन्द्र रहने कुरामै सवोच्च अदालतमा मुद्धा विचराधिन रहेकोले तत्काल नै सेवा कार्यालय एकिकृत गर्ने कुरा ब्यवहारिक भएन’ नेकपाका धौलागिरी गाउँपालिका अध्यक्ष खुमनाथ सुवेदीले भने, ‘अहिले ताकममा प्रहरी, वैंक, कृषी, पशु, शिक्षा, स्वास्थ्य समेतका ७ वटा सेवा कार्यालय रहेका छन । यी कार्यालयका आफ्नै जग्गा, भवन समेतका पूर्वाधार भएकोले माथी स्थानन्त्रण गर्दा लागत बढ्छ । गापा केन्द्रको अदालतबाट टुङ्गो लागेपछि अन्तिम निर्णय गरौंला ।’
गाउँपालिकाको हिउँदे सभामा सेवा कार्यालय एकिकृत गर्ने एजेण्डा बाहेक ग्रामिण अस्पतालको टुङ्गो लगाउने, बजेटको शिर्षकान्तर गर्ने, योजनाको रकमान्तर गर्ने समेतका एजेण्डा रहेको धौलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले भने, ‘एजेण्डा टेवुल भएका छन । केही निर्णय पनि भएका छन । मंगलवारसम्म सवै एजेण्डामा सहमति जुट्ने विश्वास गरेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल