FLASH NEWS
  • Loading...

कोरोना कहरले बन्द घोरेपानीका होटल ९ महिनापछि खुले

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४४५ पटक पढिएको
कोरोना कहरले बन्द घोरेपानीका होटल ९ महिनापछि खुले

कोरोना कहरले ९ महिनादेखी बन्द अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने प्रख्यात दृष्यस्थल पुनहिल पदमार्गका होटलहरु आज पुस १ गतेदेखी खुल्ला भएका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ पर्ने घोरेपानी/पुनहिलका होटलहरु पर्यटन ब्यवसायीले कोरोना भाईरस संक्रमणबाट वच्न आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै खोल्ने निर्णय गरेका हुन ।

‘लकडाउन सुरु भएदेखी नै कोरोना भाईरस सर्ने डरल फाट्टपुट्ट आएका आन्तरिक पर्यटकलाई पानी पनि खान नदिई ९ महिनासम्म ब्यवसाय पुरै वन्द गऱ्यौं । सवै तर्फ ब्यवसाय खुल्ला भएपछि यो अफ सिजन भएपनि आएका पाहुनालाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै वास दिने निर्णयमा पुगेका हौं’ घोरेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले भने, ‘हामी घोरेपानी/पुनहिलवासीको खेतिपाती गर्ने जग्गा पनि छैन, हिमालमुनी जंगलमा बसेका छौं, अर्को ब्यवसाय पनि छैन । ९ महिनासम्म पुरै ब्यवसाय वन्द गर्दा साँच्चै गार्हो भएको छ ।’


पुनहिल पदयात्रामा आउने पर्यटकलाई मास्क अनिवार्य गरिएको छ । पाहुना होटल प्रवेश गर्दा थर्मल गनबाट ज्वरो नाप्ने र स्यानिटाईजर प्रयोग गरिने छ । खाना, खाजा सर्भिस गर्दा ब्यवसायीले मास्क, फेससिल र पन्जा प्रयोग गर्ने छन । पाहुना बस्ने टेवुल १० फिट फरकमा रहने तथा पाहुना वसेको कोठा कम्तीमा दुई रात खाली राखिने छ । त्यस्तै हरेक रात फरक–फरक तल्ला प्रयोग गर्ने ब्यवसायीले निर्णय गरेका छन ।


पर्यटककालागी होटल ब्यवसाय खुल्ला गरेसँगै आपतकालिन उपचारकालागी घोरेपानी स्थित सामुदायीक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर र अन्य आवश्यक औषधीको जोहो गरेका छन । घोरेपानी नजिकै अस्पताल नभएकोले आपतकालिन प्रयोजनकालागी एउटा गाडी राखिरहने बताएका छन ।’


‘हामी र पाहुनालाई सुरक्षित रहन कडाईकासाथ उच्च स्वास्थ्य सुरक्षा अपनाउने छौं । पर्यटक र ब्यवसायी दुवैले मास्क, स्यानिटाईजर समेतका उपायको पालना गर्ने छौं’ पर्यटन ब्यवसायी टेकसर बुद्धुजाले भने, ‘अफ सिजन भएकोले पाहुना धेरै नआउने भएपनि आएका पाहुना अलपत्र नपार्ने निर्णय गरेका हौ । अहिलेपनि केही पाहुना रातभर हिँडेर पुनहिल पुग्ने र विहानै जंगलको बाटो फर्कने गरेका छन । ब्यवसायीले पर्यटकको स्वास्थ्य सुरक्षामा ख्याल पुऱ्याउने विश्वास दिलाउँछौं । अधिक चिसो र हिउँ पर्ने हुँदा पर्यटकले पनि स्वास्थ्यको ख्यालगरी आउनु होलां ।’


पुनहिल पदयात्राकालागी अफ सिजन भएकोले थोरै संख्यामा मात्र पर्यटक आउने भएकोले ब्यवस्थापन गर्न सजिलो हुने छ । पुनहिल दृश्यस्थलदेखी ४० मिनेट तल घोरेपानीसम्म मोटरवाटो पुगेकोले यो सिजनमा आन्तरिक पर्यटकहरु पुग्ने ब्यवसायीको अनुमान छ । ९ महिने लकडाउनका समयमा फुर्सदिला बनेका घोरेपानीका ब्यवसायीले चित्रेदेखी घोरेपानीसम्मको ५ किमी सडक ग्राभेलगरी सुधार गरेकोले हिउँदमा हिउँ पर्दापनि सवारी चलाउन मिल्ने बनाएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल