Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

नेगेटिभ रिपोर्ट बोकेर विदेश पुगेका यात्रुमा धमाधम कोरोना पोजेटिभ देखिन थाल्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २८१ पटक पढिएको
नेगेटिभ रिपोर्ट बोकेर विदेश पुगेका यात्रुमा धमाधम कोरोना पोजेटिभ देखिन थाल्यो

नेपालका प्रयोगशालाको विश्वसनीयता माथि प्रश्न

नेपालबाट कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट बोकेर विदेश उडेका यात्रुहरुमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ।

सम्बन्धित मुलुकमा पुगेपछि गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट आउनेको संख्या बढेपछि अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालका प्रयोगशालाहरुको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ।

९ नोभेम्बरमा १ ८८ जना यात्रु बोकेर हङकङ उडेको नेपाल एयरलाइन्सको जहाजमा फेरि १२ जनालाई कोरोना पोजेटिभ देखिएको छ। १८८ जना यात्रु बोकेर नेपाल वायुसेवा निगमकाे जहाज सोमबार राति ९ बजे हङकङ उडेको थियो। त्यहाँ पुगेर परीक्षण गर्दा उनीहरुमध्ये १२ जनामा पोजेटिभ देखिएको थियो। उनीहरु सबैको साथमा नेपालमा कोरोना परीक्षण गरेको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट थियो।

पोजेटिभ देखिएपछि उनीहरुलाई अध्यागमनबाट तत्कालै अस्पातालको आइसोलेशनमा पठाइएको थियो। त्यस्तै संक्रमित नजिकैको सिटमा बसेका तथा घुलमिल भएका अन्य ८ जनालाई समेत आइसोलेशनमा राखिएको छ। रिपोर्ट नेगेटेभि आए पनि यात्राको क्रममा सरेको हुनसक्ने आशंकामा उनीहरुलाई पनि आइसोलेट गरिएको थियो। नेगेटिभ रिपोर्ट आएका बाँकी यात्रुलाई भने बुधवार बिहान ५ बजे मात्रै होटल क्वारेन्टाइनमा जाने अनुमति दिएको छ।

हङकङको नागरिक उड्डयन प्रशासनले नेपाल एयरलाइन्सलाई यसअघि नै दुई पटकसम्म आफ्नो देशमा उडान भर्न रोक लगाएको थियो। स्वास्थ्य प्रोटोकल उल्लंघन गर्दै कोरोना संक्रमित बोकेको जनाउँदै २ पटक दुई–दुईहप्तासम्मका लागि प्रतिबन्ध लगाएको थियो।

हङकङको नागरिक उड्डयन प्रशासनको प्रोटोकलमा नै एउटै एयरलाइन्समा सवार ५ जना भन्दा बढीमा कोरोना पोजेटिभ देखिएमा उक्त एयरलाइन्सलाई २ हप्तासम्मका लागि उडानमा प्रतिबन्ध लगाउने नियम बनाइएको छ। जसले गर्दा नेपाल एयरलाइन्सलाई अब तेस्रो पटक हङकङ उडानमा प्रतिबन्ध लाग्ने भएको छ।

यसरी प्रत्येक पटकमा कोरोना पोजेटिभ केस बढ्न थालेपछि नेपालको पीसीआर ल्याबमा समस्या भएको हो कि जाने यात्रुले नक्कली पीसीआर रिपोर्ट बनाएका हुन् भन्नेतर्फ शंका उब्जिन थालेको छ। हङकङ अध्यागमनका कर्मचारीमहरुमा यो विषयमा वहस नै हुन थालेको छ।

केहीदिन अघि मात्रै नेपालले एयरलाइन्सले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको बताएको थियो। विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध समेत गरेको थियो।

त्यस्तै जापानको नारिता विमानस्थल र यूएईको दुबई विमानस्थलले पनि बारम्बार नेपाल एयरलाइन्सलाई चेतावनी पठाइसकेका छन्।

हङकङले बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएमा देशकै नाम तोकेर आयतित कोरोना भनेर छुट्याउने गरेको छ। ‘यहाँ नेपालबाट आएकालाई कोरोना देखियो भने त्यसलाई ‘इम्पोर्ट फरम नेपाल’ भनिन्छ। मिडियादेखि सरकारी तथ्याङ्कमा पनि यसरी छुट्याइन्छ। नेपालबाट आउनेमा संक्रमण बढ्दै जानुले नकरात्मक असर पर्न थालेको छ।’ source-dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल