FLASH NEWS
  • Loading...

बेनीमा कात्तिक २८ गतेसम्म लकडाउन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८६ पटक पढिएको
बेनीमा कात्तिक २८ गतेसम्म लकडाउन

सदरमुकाम बेनीका ब्यवसायी विच लकडाउन थप्नु पर्ने र नपर्ने मतका विच जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी लकडउनलाई थप एक हप्ता लम्बाएको छ ।

बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसको आधारमा शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै कात्तिक २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र बजार बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको वैठकले बेनी बजारमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले समुदाय स्तरमा संक्रमण फैलिन नदिन थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रका सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य पसलका हकमा विहान ८ देखि १० बजे सम्म र बेलुका ४ देखि ६ बजे सम्मको समय तोकिएको छ । एकहप्ता अघि गरिएको बन्द आज राती १२ बजे सकिँदै छ । बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै उच्च सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

‘राजानैतिक विभाजलनले वारी र पारी भएपनि साँघुरो बेनीमा संक्रमितको संख्या अधिक हो । फेरी स्वास्थ्य मापदण्ड अनुसार कोरोना भाईरस सक्रिय रहने कम्तीमा १४ दिन हुने भएकोले अझै सावधानी जरुरी रहेकोले लकडाउन थपिएको हो’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘ गुनासाहरु आएका छन, स्वास्थ्य सावधान नअपनाउने तर लकडाउन मात्र थप्न नहुने सुझाव आएको छ । र पनि वारी/पारी भुगोल भएपनि लेनदेन र कारोवार एकैस्थानमा हुने हुँदा संक्रमितको सम्पर्कलाई थप साँघुरो पार्न लकडाउन जरुरी भएको हो ।

त्यसैविच कोरोना संक्रमण समुदायमा फैलिएपछि वारीवेनी रहेको पर्वत जलजला गाउँपालिका र म्याग्दीका मंगला तथा मालिका गाउँपालिकाले पनि कात्तिक २८ गतेसम्म लकडाउन गरेका छन । छिमेकी जिल्ला बाग्लु्र र पर्वतको कुस्मामा पनि लक डाउन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल