FLASH NEWS
  • Loading...

फोहोरलाई यसरी पनि प्रयोग गर्न सिकौं

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३२ पटक पढिएको
फोहोरलाई यसरी पनि प्रयोग गर्न सिकौं

जथाभावी फालिएका वातावरणमा प्रदुषण बढाउने पलास्टिकजन्य फोहोरलाई उपयोग गर्नजाने घरायसी प्रयोजनका सामाग्री बनाउन सकिन्छ । उनीहरु फुर्सद भयोकी गाउँका बाटो, पसल वा विद्यालयका छेउछाउमा फाँकिएका विस्कुट, चकलेट र चाउचाउका बोक्रा बुटुल्नु थाल्छन् ।
यसरी जम्मा पारेको पलास्टिकजन्य फोहोरलाई घरमा ल्याई धोईपखाली सफा गर्छन् । अनि यस्ता रंगिविरङ्गी पलास्टिकलाई च्यातेर धुजाधुजा पार्छन् । यसरी जम्मा पारेको फोहोरबाट टोपी, डाली, चकटी, गुन्द्रीलगाएतका घरायसी प्रयोजनका आकर्षक सामाग्री बनाउने गरेका छन् । एउटा टोपी बनाउन स्थानिय तिन दर्जन चाउचाउका खोल र ५० ओटा चकलेटका खोल भए पुग्छ ।
फोहोरबाट दैनिक प्रयोजनका सामान बन्न थालेपछी गाउँघर प्रदुषणमुक्त मात्र भएको छैन् वातावरण संरक्षणमा समेत उल्लेख्य योगदान पुगेको छ । उनीहरुले यस्ता वस्तुबाट घरायसी सामाग्री बनाउन रैथाने शिप र अक्कललाई प्रयोग गरेका छन् । सामानले घरमा सानातिना सामाग्री राख्न र बस्न सजिलो भएको छ ।
‘सानो छंदा घरमा बज्यैले मकैको भुत्लाबाट गुन्द्री, चकटी बुन्ने गरेको देखेकी थिएँ । त्यही शिपको सिको गर्दै फालिएका फोहोर बुटुलेर यस्ता सामाग्री बनाउन शुरु गरें’ अन्नपूर्ण गाउँपालिका, ६ खिवाङ्गकी दुर्गा पुनले भनिन। पुनका अनुसार गाउँ आउने सवैले यी समाग्रीलाई मन पराउँने गरेका छन् ।
यस्ता पलास्टिकजन्य फोहोरबाट दैनिक उपयोगका सामाग्री बनाउन गाउँभरीका युवतीहरुको आर्कषण बढ्दै गएको छ । घरायसी सामाग्री बनाउन प्रयोग हुनेभएपछि घरमा वा रेष्टुरेन्टमा हिजोआज चाउचाउ पकाएपछी गाउँले चाउचाउको खोल जतनगरी राख्ने गरेका छन् । पलास्टिक यत्रतत्र नफालेपछि गाउँघर निक्कै सफासुघर बनेका छन् ।
‘पलास्टिकको फोहोरबाट टोपी, चकटी, डाली लगाएतका सामाग्री बनाउने शिप सदरमुकाम लगाएत शहरमा फैलाउनु आवश्यक छ । यस्ले बजारको प्रदुषण नियन्त्रणमा महत्वपूर्ण योगदान दिन सक्छ’  बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल