- Loading...
कात्तिक ७ पछि विदेशी च्यानलले विज्ञापन बजाउन नपाउने
- पुनहिल डट कम
- ४ साल अघि
- १७१ पटक पढिएको

आगामी कात्तिक ७ गतेपछि विदेशी च्यानलहरु नेपालमा प्रशारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन्। विज्ञापन ऐन–२०७६ मा विदेशी च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधान छ ।
२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित भएको ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएकाले कात्तिक ७ गतेबाट उक्त व्यवस्था कार्यान्वयमा आउन लागेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तोकिएको समयभित्र क्लिन फिड लागू गर्नका लागि केवल च्यानल संचालकहरुको ध्यानाकर्षण गराएको छ।
क्लिन फिड लागू गर्ने समयसिमा नजिकिएपछि केवल संचालकका साथै इन्डियन बोडकास्टर फोरम, डिष्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघसंस्थाहरुबाट विज्ञापन रहित प्रसारणको म्याद थपका लागि आग्रह गरेका छन्।
मन्त्रालयले भने क्निफिड लागू गर्नका लागि ऐनमै व्यवस्था गरी एक वर्षको तयारी अवधि दिएको स्पष्ट पारेको छ। तोकिएको समयभित्र क्निफिड लागू नगर्ने केवल अपरेटरहरुलाई कानुन अुनसार कारबाही हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडीले जानकारी दिए।
सरकारले २०७४ साउन १ गतेदेखि नै क्लिन फिड लागू गर्ने निर्णय गरेपनि केवल च्यानल संचालकहरुको दवावका कारण लागू हुन सकेन। त्यसपछि सरकारले ऐन नै निर्माण गरी क्लिनफिड लागू गरेको हो। क्लिन फिड लागू भएपछि भारतिय सामाग्रीहरुका विज्ञापन नेपाली मिडीया मार्फत नै प्रशारण हुने र यसबाट नेपाली विज्ञापनको बजार बढ्ने अपेक्षा गरिएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
