FLASH NEWS
  • Loading...

जो जहाँ छौँ, त्यहि बसौं र दशैं मनाऔं

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४५ पटक पढिएको
जो जहाँ छौँ, त्यहि बसौं र दशैं मनाऔं

हामी नेपालीको महान चाड बडा दशैं नजिकिदो छ । विभिन्न कारणले परिवारबाट टाढा भएका सदस्यहरु यहि बेला जम्मा हुने अर्थात परिवारका सबै सदस्यहरु जमघट हुने र रमाइलो गर्ने पर्व पनि हो ।

अनि, दशैंका दिन जेष्ठ सदस्यहरुको हातबाट टिका थाप्ने, आशिर्वाद लिने गरिन्छ । घरमा मात्रै होइन सो कार्यका लागि छिमेक र आफन्त कहाँ समेत पुग्ने  गरिन्छ ।  तर, यसबेला परिस्थिति बेग्लै छ । कोरोना भाइरस (कोभिड  – १९)को बढ्दो संक्रमणले देश अस्तव्यस्त बनेको छ । संक्रमणको दर तत्काल रोकिने छाँट पनि देखिएको छैन् ।

बृद्धबृद्धा, दीर्घरोगी, बालबालिका लगायत रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई यो भाइरसले निक्कै असर गर्ने विज्ञहरुले बताइरहेका छन् । उनीहरुले दशैंमा घरपरिवारका सदस्यसंग भेटघाट गर्न जाँदा सुरक्षित रहेका आफ्नो परिवारको जेष्ठ नागरिकलाई असुरक्षित बनाउन मद्धत पुग्नसक्छ भनेका छन् ।

‘दशैं हाम्रो संस्कार, संस्कृति र सभ्यता हो । यो सद्भावको पर्व हो । मान्यजनको हातबाट आर्शिवाद ग्रहण गरी जेष्ठ सदस्यको सम्मान पनि हो । तर यो वर्ष कोरोना भाईरसको कारण परिस्थिती फरक छ । जहाँ छौं त्यहीं दशैं मनाऔं सभ्यता र संस्कृतिको जगेर्ना गरौं’ म्याग्दी क्याम्पसका प्रध्यापक एवं पण्डित नारायण सुवेदीले भने,  ‘दशैंमा भेटेर कोरोनाको उपहार साट्नु भन्दा दुरसंञ्चार प्रविधीबाटै आर्शिवाद ग्रहण गरौं, अर्को दशैंमा खुशी साटौंला ।’

हामीसंग यसबेला विज्ञको सल्लाह सुझाव लिनुको विकल्प छैन् । त्यसैले यसपटक जो जहाँ छौँ त्यहि बसौँ र सामान्य रुपमा दशैं मनाऔँ । शहरमा हुनेहरु गाँउ नछिरौँ, गाँउमा भएकाहरु अन्यत्र ठाँउ नजाँऔँ । यसले रोग फैलिनेक्रमलाई न्युनिकरण गर्न सकिन्छ ।

अर्को कुरा,  यसपटक दशैंमा खानपानमा पनि विशेष ध्यान दिऔँ । हरेक बर्ष दशैं तिहार जस्ता ठूला पर्वपछि अस्पतालहरु भरिभराउ हुने गर्दथे । चाडवाडको खानपानका कारण मान्छे अस्वस्थ हुन्थ्यो र अस्पताल जानु पर्दथ्यो । यसपटक यदि विरामी भै हालियो भने पनि अस्पताल जाने सहज अवस्था छैन् । हरेक अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । संक्रमणमा नपरेकाहरुलाई उपचार गर्न समेत मुस्किल छ । त्यसैले एकदमै साधारण खानपानमा रमाऔँ ।

दशैंमा परिवार, आफन्तसंग भेटघाट हुन नपाउँदा खल्लो हुन सक्छ । यो स्वभाविक पनि हो । तर जीवन रहे यस्ता चाडवाड त हरेक बर्ष मनाउन सकिन्छ नि । यो नर्विसौँ कि यो महामारीको बेला हो ।

अहिले अधिकांश नेपालीहरु फोन तथा इन्टरनेटको पहुँचमा छन् । त्यसैले आफन्तसंग टेलिफोन वा इन्टरनेटको माध्यम प्रयोगगरी फेसबुक, भाइवर, ह्वाट्स एप जस्ता एपको प्रयोग गरी मनाउन सकिन्छ । अर्थात आफन्तहरुसंग ‘भर्च्युअल’ रुपमा भेटघाट गर्न सकिन्छ । यसपटकको दशैं त्यहि गरौँ ।

हामीले यसपटक विभिन्न चाड पर्व जात्राहरु यसैगरी नै मनायौँ, तीज यसैगरी मनायौँ । जनै पूर्णिमा मनायौँ, अहिले आउँदै गरेको दशैं पनि त्यसैगरी मनाऔँ ।

हेर्नुहोस, अवस्था गम्भीर छ, महामारी रोक्नका लागि हामी आफै सचेत बनौँ । जिम्मेवार नागरिकको परिचय दिऔँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल