- Loading...
कोरोना संक्रमणमा नेपालले चीन र जापानलाई उछिन्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १५८ पटक पढिएको

कोरोना संक्रमणमा नेपालले आजबाट चीन र जापानलाई उछिनेको छ । नेपालमा आज २ हजार २५३ नयाँ संक्रमित थपिई ४४ औँ स्थानमा उक्लिएको छ । चीनमा आज १६ मात्रै थपिएका छन् भने जापानको नयाँ संक्रमण देखिएको छैन् ।
अहिले सम्म नेपालमा ८६ हजार ८२३ जनामा कोरोना पुष्टि भएको छ । नेपालभन्दा एकस्थान मुनि परेको चीनमा ८५ हजार ४५० जना र नेपाल भन्दा दुई स्थान तल रहेको जापानमा ८४७६८ जनामा कोरोना संक्रमण भएको पाइएको छ । तर यी दुई मुलुकमा कोरोनाबाट मृत्यु हुने संख्या भने नेपालको भन्दा बढी छ । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । जापानमा कोरोनाबाट १ हजार ५९० जनाको ज्यान गएको छ ।
नौ महिना अघि अर्थात ३१ डिसेम्वर २०१९ को दिन पहिलो पटक चीनको वुहानमा शहरमा पहिलो पटक नयाँ कोरोना भाइरस (कोभिड – १९) देखिएको थियो ।
नेपालमा चीनमा देखिएके २५ दिन पछि अर्थात २४ जनवरी २०२० (१० माघ २०७६)का दिन चीनको वुहानवाटै आएका एक युवकमा भाइरस भेटिएको थियो । तर त्यसपछिको अढाई महिना नेपालले भाइरसमाथी पुरा रुपमा नियन्त्रण राख्न सफल भयो ।
दोस्रो संक्रमण ९ चैतमा देखा परेको थियो ।
नेपालमा संक्रमण दर दुई अंकमा पुग्न तीनमहिना लागेको थियो तर पछिल्लो समय नेपालको संक्रमण दिनहुँ ४ अंकका दरले बढ्न थालेको छ । यसले नेपालको अवस्था थप जटिल मोड तर्फ गएको संकेत गरेको छ । विज्ञहरुले जनस्वास्थ्यको मापदण्ड अपनाउन नसक्दा संक्रमण दर बढेको बताउँछन् ।
नौ महिना अघि चीनको वुहानमा देखिएको यो भाइरसको महामारी अहिले विश्वका २१६ वटा मुलुकमा फैलिएको छ । संसारभर तीन करोड ५१ लाख बढी मानिस संक्रमणमा परेका छन् । यसैको संक्रमणबाट १० लाख ३८ हजार बढीले ज्यान गुमाईसकेका छन् ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
