Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

शपथ लिँदै वामदेवले भने : जनताप्रति वफादार बन्छु, संसदको गरिमा गिराउँदिन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७१ पटक पढिएको
शपथ लिँदै वामदेवले भने : जनताप्रति वफादार बन्छु, संसदको गरिमा गिराउँदिन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएका छन्।

राष्ट्रपति विद्या भण्डारीबाट बिहीबारै मनोनित भएका गौतमले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाबाट सपथ लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई आजै राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्। राष्ट्रियसभा सदस्यमा सिफारिस भएपछि गौतमले आज अपरान्ह राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट शपथ लिएका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।​राष्ट्रियसभा सदस्यको सपथ लिएपछि नेता गौतमले आफूले संसदको गरिमा नघटाउने बताएका छन्। उनले राष्ट्र र जनताप्रति बफादार बनेर काम गर्ने पनि वाचा गरेका छन्।

‘जनता राष्ट्रियताप्रति वफादार हुन्छ’, उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन।’ नेता गौतमले संसदमा प्रवेश गरेपछि अबको आफ्नो लक्ष्य पार्टी र देशलाई समाजवादतर्फ लैजाने हुने पनि बताए। ‘पार्टीले लिएको समाजवादमा पुग्‍ने लक्ष्यतर्फ अघि बढ्न भूमिका खेल्छु’, उनले भने।  वामदेवले सपथ लिने कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल पनि उपस्थित थिए। सपथ समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल