FLASH NEWS
  • Loading...

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१२ पटक पढिएको
मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मन्त्रिपरिषद पुनर्गठनका लागि मापदण्ड बनाउन पार्टी सचिवालय बैठकसमेत बोलाइएको छ। भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले मापदण्ड बनाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो। स्थायी कमिटीको बैठकबाट पारित भएका निर्णयहरु कार्यान्वयन गर्न सचिवालय बैठक बोलाइएको बालुवाटार र खुमलटार निकट स्रोतले जनाएका छन्।

सचिवालय बैठक बोलाउने विषयमा छलफल गर्न बुबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा वार्ता भएको थियो। दुई अधयक्षबीच भएको छलफलमा आगामी शुक्रबार पार्टी सचिवालय बैठक बस्ने सहमति भएको खुमलटार निकट स्रोतले जनायो। स्रोतले भन्यो, ‘स्थायी कमिटी बैठकले पारित गरेका निर्णय कार्यान्वयन गर्न सचिवालयबो बैठक बोलाइएको हो।’

स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न मापदण्ड बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् पुनगर्ठनका लागि अनौपचारिक रुपमा विभिन्न मोडलहरुमा छलफल भइरहेको बालुवाटार निकट स्रोतले जनाएको छ। सबैमन्त्रीलाई फिर्ता बोलाएर नयाँ टिम पठाउने, दुई वर्ष पुगेका मन्त्रीहरुको विदाई गरेर नयाँ मन्त्री बनाउने वा हाल रिक्त रहेका मन्त्रालयमा मात्र मन्त्री बनाउने भन्ने मोडलहरुमा अनौपचारिक छलफल चलिरहेको स्रोतले बतायो।

यस्तै विभिन्न आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिमा पनि सचिवालयमा छलफल हुने जनाइएको छ। नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुृर देउवाबीच पनि संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुँदैछ। बिहीबारको छलफल निश्कर्षमा पुगे शुक्रबार सचिवालय बैठकमा पनि यो विषयमा निर्णय हुन सक्ने जनाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल