FLASH NEWS
  • Loading...

कालीगण्डकीबाट अवैध उत्खनन भएको नदीजन्य पदार्थ गाउँपालिकाद्धारा जफत, कार्वाहीको जिम्मा भने गाउँकार्यापालिकालाई

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९१ पटक पढिएको
कालीगण्डकीबाट अवैध उत्खनन भएको नदीजन्य पदार्थ गाउँपालिकाद्धारा जफत, कार्वाहीको जिम्मा भने गाउँकार्यापालिकालाई

अन्नपूर्ण गाउँपालिका, ६ घारको भिरकाटे स्थित कालीगण्डकी नदीबाट अवैध रुपमा उत्खनन गरेको गरिएको ४ सय ८० घनमिटर वालुवासमेत नदीजन्य पदार्थ गाउँपालिकाले जफत गर्ने भएको छ ।
नदीजन्य पदार्थ रातीरात चोरीबाटोबाट उत्खनन गर्ने कार्यमा कालीगण्डकी करिडोर बेनी–जोमसोम सडक आयोजनाको पहिलो प्याकेज निर्माण ठेक्का लिएको शर्मा युनाटेड र स्थानीय सागर बरुवाल संलग्न रहेको गाउँपालिकाले जनाएको छ ।
शनिवार गाउँपालिका अध्यक्ष डमबहादर गुर्वजाको अध्यक्षतामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, प्रहरी समेत सरोकारवालाको वैठकमा शर्मा युनाईटेडका सुपरभाईजर रमेश सुवेदी र स्थानीय युवा सागरले गल्ती स्वीकार गरेपछि उत्खनन भएको नदीजन्य पदार्थ गाउँपालिकाले जफत गरी बढीबढाउमा लिलामी गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताए ।
‘गाउँपालिका अध्यक्षकै अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकमा नदी उत्खनन गर्ने पक्षबाट गल्ती स्वीकार भैसकेको अवस्थामा वालुवा समेत नदीजन्य पदार्थ जफत गर्ने र आईतवार गाउँकार्यपालिकाको वैठकबसी दण्डजरिवाना तोक्ने निर्णय भएको छ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘विभिन्न स्थानमा भण्डारण गरिउको जफत गरेको वालुवा छिट्टै गाउँपालिकाले लिलामी हुन्छ ।’
अन्नपूर्ण गाउँपालिका, ६ र ७ मा पर्ने भीरकाटेदेखी महभीर क्षेत्रमा अवैध रुपमा कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन गरी विक्रि भैरहेको स्थानीयले भिडियोसहित गाउँपालिकामा उजुरी गरेपछि एक्याप, गाउँपालिका समेत सरोकारवालले स्थलगत अध्ययन गर्दा चोरीउत्खनन भएको भेटिएको थियो ।
असार १५ देखी तीन महिना वैधानिक रुपमा समेत नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । नीतिगत ब्यवस्था अनुसार नदीजन्य पदार्थ उत्खनन गर्न डोजरको समेत प्रयोग पाईदैन । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) गराई जिल्ला समवन्यय समितबाट पारित गराएपछि मात्र निश्चित मात्रा र प्रकृया पुर्‍याई नदीजन्य पदार्थ झिक्न पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल