FLASH NEWS
  • Loading...

सार्वजकि रुपमा चर्को दवावपछि कोरोनाको हिसाव सार्वजनिक गर्दै म्याग्दीका स्थानीय तह

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८९ पटक पढिएको
Post Thumbnail
कोरोना भाईरस नियन्त्रण तथा रोकथाम र कोभिड–१९ संक्रमितको उपचारका नाममा जथाभावी र अपारदर्शी खर्च भैरहेको आरोप लागीरहेको वेला म्याग्दीका स्थानीय तहले धमाधम कोरना खर्च सार्वजनिक गर्न थालेका छन ।
पुनहिललाई प्राप्त स्थानीय तहहरुको खर्च विवरण अनुसार फागुन ११ गतेदेखी असार मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचार गर्न रघुगंगा गाउँपालिकाले ७४ लाख ६९ हजार १०२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार, थर्मल गन, मास्क तथा सेनिटाईजर र औषधी खरिदमा रु ४ लाख ७९ हजार २ सय ५,  क्वारेनटाईन निर्माण, त्रिपाल तथा लत्ताकपडा खदिर र सरसफाई सामाग्री खरिदमा रु १ लाख ५२ हजार ९ सय ३९ खर्च गरिएको छ ।
स्वास्थ्यकर्मीको जोखिम भक्ता, स्वयमसेवक र सुरक्षाकर्मीको खाना तथा खाजा खर्चमा २ लाख ९३ हजार ५४०, जनचेतना तथा प्रचार प्रसार, सुरक्षाकर्मीको सवारी साधन मर्मत तथा इन्धनमा रु २ लाख ७९ हजार ५४८ खर्च गरेको छ । प्रहरी, शसस्त्र प्रहरी र प्रशासन कार्यालयले गाउँपालिकाबाट सवारी साधनमा इन्धन राख्न लगाएपनि छुट्टै प्रशासन कार्यालयबाट पनि कोरोना खर्चमा सवारीमा इन्धन तथा खाजा खर्च दोहोरो आर्थिक लाभ लिएको देखिएको छ ।
त्यस्तै रघुगंगा गापाले बेनी अस्पताललाई रु २ लाख ५० हजार, राहत ढुवानीमा ६० हजार ७५ र आरडीटी परिक्षणको खाजा, खाना खर्चमा रु २४ हजार खर्च भएको जनाएको छ । गाडी भाडा, खाजा, खाना, भिटिएम खरिद, सावुन लगायतका सरसफाई सामाग्री खदिरमा रु ४ लाख ५० हजार ३० खर्च भएको छ ।
त्यस्तै बेनी नगरपालिकाले असार मसान्त सम्म ८१ लख ३३ हजार एकसय ११ रुपैयाँ खर्च गरेको छ । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको जनाएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना खर्च मात्र १३ लाख ५८ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको छ । विदेशबाट आई क्वारेन्टाइनमा बसेका नगरपालिकाका एकसय ६७ जना थिए । क्वारेन्टाइनमा वसेका बेनी नगरपालिका क्षेत्र भित्रका व्यक्तिहरुलाई खाना खुबाए वापत उक्त रकम खर्च भएको हो । यस्तै कोरोना सँग सम्बन्धित विभिन्न स्वास्थ्य सामानहरु खरिद गर्दा १५ लाख ६५ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

भारत र विदेशबाट काठमाडौको होल्डीङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश सैयाको आइसोलेसन बनाउन १७ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

यसैगरी मंगला गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५९ लाख ५३ हजार ९ सय ४ रुपैयाँ खर्च भएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले दिएको जानकारी अनुसार कोरोना व्यवस्थापन सामग्री खरिदमा तिन लाख १५ हजार ६४ रुपैयाँ खर्च भएको छ ।

सवारी साधन भाडामा दुइलाख २२ हजार ६ सय ४०,आइसोलेशन निर्माणमा दुइलाख पचास हजार,क्वारेन्टिन खाजा खाना बेनीमा समेत गरेर १० लाख ७२ हजार ४०,सुरक्षाकर्मी तथा स्यमसेवक खर्च ८ लाख ८५ हजार एकसय ४५,स्वयमसेवक इन्धन खर्च दुइलाख ६२ हजार र राहत तथा खाद्यन्न सामग्री वितरणमा २४ लाख ९० हजार दुइसय ६३ रुपैयाँ खर्च भएको भएको उपलब्ध गराईएको खर्च विवरणमा उल्लेख छ ।

अन्नपूर्ण गाउँपालिकाले ४६ लाख ५८ हजार ६०४ खर्च भएको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार राहत सामग्री खरिद तथा ढुवानी १८ लाख ६० हजार ६ सय २१ खर्च भएको छ । यसैगरी १० लाख ५८ हजार तिनसय ६४ रुपैयाँको स्वास्थ्य सामग्री,उपकरण र गाउँ तथा वडास्तरीय क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीका अनुसार  क्वारेन्टिन व्यवस्थापन खर्च ७ लाख २९ हजार ८ सय ३४ र स्वास्थ्यकर्मी,सुरक्षाकर्मी परिचालन भत्ता,खाना तथा खाजा खर्च ४ लाख ९० हजार ७ सय पचास रुपैयाँ खर्च भएको छ । उद्धार तथा व्यवस्थापनमा ८६ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मालिका र धौलागिरी गाउँपालिकाको कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्चको विवरण हामीलाई प्राप्त भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल