FLASH NEWS
  • Loading...

लकडाउनको लाभ : धमाधम फरार अपराधी पक्राउ गर्दै प्रहरी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९३ पटक पढिएको
लकडाउनको लाभ : धमाधम फरार अपराधी पक्राउ गर्दै प्रहरी

कोरोना कहरविच जारी लकडाउनले मान्छेको जनजीवन सीमित हुँदा प्रहरीलाई फरार अपराधी पक्राउमा सजिलो भएको छ ।
जिल्ला प्रहरी म्याग्दीले चालु आर्थिक बर्षको पहिरो डेढ महिनामै कतब्र्य ज्यान, सवारी ज्यान, डाँकाचोरी, लागु औषध, बहुविवाह, गौवध समेतका १० वटा छुट्टाछुट्टै मुद्धामा ३ बर्षदेखी २० बर्ष कैद तोकिएका १९ जना फरार अपराधी पक्राउ गरेको दावी गरेको छ ।
०६६ साल फागुन ११ गते साविक ओखरवोट, ३ च्यूरीवोलमा आयोजित भलिवल प्रतियोगिताको फाईनल खेलमा पराजित भएको झोंकमा सोही ठाउँका बलमान घर्ती, तीर्थेन्द्र घर्ती, जीवन घर्ती, दुर्गाबहादुर घर्ती र दलप्रसाद पुनसमेतले प्रतियोगिताको विजयी टिमका खेलाडी बाग्लुङ जिल्ला तमान गाविस, ८ का नारायण छन्त्याललाई कुटपिट पछि धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार भए ।
जिल्ला अदालत म्याग्दीले बलमान घर्ती, तीर्थेन्द्र घर्ती र जीवन घर्तीलाई २०– २० बर्ष (जन्मकैद) र १६ बर्ष उमेर ननाघेकोले बालबालिका भनि दुर्गाबहादुर घर्ती र दलप्रसाद पुनलाई १०–१० बर्षको कैद हुने फैसला गऱ्यो । तर फरार रहेकाले दोषीहरु कैद परेनन । १० बर्षपछि प्रहरीले पोखराको विभिन्न स्थान ब्यापार ब्यवसाय गर्दै आएका फरार अपराधीलाई भदौ १६ गते पक्राउगरी कैद भुक्तानी गराउन कारागार पठाएको छ ।
कर्तब्य ज्यान मुद्धाका फरार उनीहरुमध्य दुई जनाले पोखराको रिठेपानीमा छुट्टाछुट्टै किनारा पसल र तीन जनाले नयाँ बजार क्षेत्रमा कृषी फर्म चलाई बसेका थिए । प्रहरीले यी अपराधी प्रक्राउ पर्नुमा सवै भन्दा ठूलो सफलता दावी गरेको छ ।
‘फरार अपराधी भाग्न सक्ने संभावनालाई ख्यालगरी लकडाउनलाई अप्रेसन गर्ने उपयुक्त समयको रुपमा उपयोग गऱ्यौं । तथापी यो प्रहरीको योजनावद्ध अप्रेसन नै थियो । केही अपराधी विदेश जाने योजनामा थिए, लकडाउनले रोकिएको अवस्था पनि थियो’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘केही अपराधी घट्ना पुरानो भयो, प्रहरी फेरिए, सवैले अव विर्से भन्ठानेरै घर फर्केर ढुक्कले पनि बसेका भेटियो ।’
त्यस्तैगरी २० बर्षअघि ०५६ असोज २१ गते साविक मुना गाविस,३ दरका चन्द्रवल घर्ती मगरले पारिवारिक विवादमा छिमेकी गर्वे पाईजालाई बन्चरोले हानेर हत्यागरी फरार भए । जिल्ला अदालतले घर्तीलाई कतब्र्य ज्यान मुद्धामा दोषी करारगरी २० वर्ष (जन्मकैद) संजायको फैसला गऱ्यो । तर दोषी फरार रहेकाले पक्राउ परेनन । कतब्र्य ज्यान मुद्धामा जन्मकैद तोकिएका कानुनको दृष्टीमा फरार रहेका चन्द्रवल पटक–पटक विदेश जाने घर फर्कने गरेका थिए । पछिल्लो पटक लकडाउन सुरु हुने केही अघि घर विदामा आएका घर्ती लकडाउनले विदेश फर्केन पाएका थिएनन । लकडाउनले घरमै खुम्चिएका घर्तीलाई प्रहरीले गत भदौ ७ गते पक्राउगरी धौलागिरी गाउँपालिका, ३ स्थित घरबाट पक्राउगरी कारागार पठाएको छ ।
सवारी ज्यान मुद्धामा ०६७ जेठ २४ गते जिल्ला आदलतबाट ३ महिना ५ दिन कैदको फैसला तोकिएपछि फरार रहेका मालिका गाउँपालिका, ७ का प्रकास सुनारलाई प्रहरीले भदौ ९ गते आफ्नै घरबाट पक्राउगरी कैद भुक्तानीकालागी जेल पठाएको छ । डाँकाचोरी मुद्धामा ६ बर्ष कैद र ३९ हजार विगो तोकिएका फरार अपराधी अन्नपूर्ण गाउँपालिका, ५ का बालकृष्ण गुर्वजा पोखरामा लुकेर बसेको अवस्थामा ८ बर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गौवध मुद्धामा ३ बर्ष कैद सँजाय तोकिएका बेनी नगरपालिका, ६ अथुङ्गेका सम्मर दर्जीलाई पनि साउन तेस्रो साता पर्वतको कुश्माबजारबाट पक्राउ गरी कैद भुक्तानीकालगाी कारागार पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधवार मात्र पोखराको विभिन्न स्थानबाट कतब्र्य ज्यान मुद्धामा जन्मकैद तोकिएका ५ जना फरार अपराधीलाई पक्राउ गरी अदालतमा बुझायो । यस अघि गत भदौ ७ गते एक जना, भदौ ९ गते एक जना र साउन महिनामा १० जनालाई यसरी नै पक्राउ गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल