FLASH NEWS
  • Loading...

ढोरपाटन बाढी अपडेट : २ जनाको शव फेला, ९ जना बेपत्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३१२ पटक पढिएको
ढोरपाटन बाढी अपडेट : २ जनाको शव फेला, ९ जना बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिका- ९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा ११ जना बेपत्ता भएका छन् । बागलुङका एसपी नवराज भट्टका अनुसार बेपत्तामध्ये २ जनाको शव फेला परेको र ९ जना अझै बेपत्ता रहेका छन् ।

लगातारको वर्षासँगै बुधबार मध्यराति खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको हो ।

प्रहरी घटनास्थल पुग्न समस्या भएकाले मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन सकेको छैन । पहिरोले तटिय क्षेत्रका करिव २ दर्जन घर पूर्ण क्षति गरेको छ ।

बाढीले भुजुखोला चौथो र पाँचौ लद्यु जलविद्युत आयोजताको पावर हाउससमेत बगाउँदा सो क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । बाढीले जनचेतना प्रावि र सरसस्वती आधारभूत विद्यालयको भवन झोलुङ्गे पुल बगाएको छ ।

पहिराले ढोरपाटन सालझण्डी मोटरबोटो पूर्णरूपमा अवरुद्ध गरेको हुँदा उद्धारको प्रहरी घटना स्थल पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । स्थानीय प्रहरीचौकीबाट प्रहरीको उद्धार टोली पैदल यात्रामार्फत घटना स्थलतर्फ हिँडेको छ ।

ढोरपाटन-सालझण्डी सडक खण्डकोे बस्तीमाथि रहेको फलेगरमा गएको पहिरोले भुजिखोला थुनिएको र खोलाको ताल फुटे पछि बाढी आएको हुन सक्ने स्थानीयले बताएका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र न्यौपानेसहितको सुरक्षा निकायको टोली प्रस्थान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल