FLASH NEWS
  • Loading...

आफन्तलाई कोसेली गुर्जो लहरो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २११ पटक पढिएको
आफन्तलाई कोसेली गुर्जो लहरो

केही महिना अघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरै जनालाई बाहेक नेपाली समाजमा कुनै चर्चा र चासो थिएन । वनपाखा र खेतवारीको वारमा प्रशस्त पाईने गुर्जो खेर गैरहेको थियो । तर अहिले एकाएक गुर्जो लहरोको चर्चा चुलिएको छ, सेवन बढेको छ ।
वनपाखामा खेरगैरहेको गुर्जो लहरो अहिले आफन्त र इष्टमित्रलाई पठाउने बहुमुल्य उपहार (कोसेली) बन्न थालेको छ । विश्वभर सन्त्रास फैलाई रहेको कोरोना भाईरसको कुनै औषधी र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद्ध चिकित्सक तथा भारतीय योगगुरु रामदेवे समेत कोरोना भाईरससँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि मान्छेहरु गुर्जो खोजी खोजी सेवन गर्न थालेका हुन ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणकालागी उपयोगी हुने विश्वासमा जंगली लहरो (जडिबुटी) गुर्जो सेवन गर्नेको संख्या बढ्दै गएको छ । गुर्जो नपाईने वस्तीबाट समेत मान्छेहरु गुर्जो खोज्न आउन थालेका छन । कतिपयले आफन्तलाई कोसेली नै गुर्जो लहरो पठाउन थालेका छन । गुर्जो उष्णतटिय क्षेत्रमा पाईने लहरे प्रजातिको वनस्पती हो ।

‘आयुर्वेद चिकित्सामा पहिला देखी नै मानिसमा रोगप्रतिरोधात्मक क्षमता बृद्धी गराउन र विभिन्न अन्य रोगको उपचारमा गुर्जो उपयोग भैरहेको र कोरोनासँग जुध्न पनि उपयोगी हुने सुनेपछि तीन महिनादेखी परिवारले नै नियमित गुर्जोको चिया बनाई सेवन गर्दै आएका छौं’ नेकपा म्याग्दीका सचिवालय सदस्य बालकृष्ण सुवेदीले भने, ‘गुर्जोको नियमित सेवनपछि शरिर स्फुर्त भएको महसुस गरेको छु । र पोखरा, काठमाण्डौमा रहेका आफन्त र साथीभाईलाई पनि गुर्जो खोजेर कोसेलीको रुपमा पठाएको छु । सवैको प्रतिक्रिया राम्रो आएको छ ।’
आयुर्वेदिक चिकित्सामा प्राचिन समयदेखी नै रोगप्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने जडिबुटी गुर्जो लहरोको ज्वोरो, रुघाखोकी, मधुमेह, चर्मरोग समेतको उपचारमा उपयोग गरिँदै आएकोमा हिजोआज कोरोना भाईरससँग जुध्न गुर्जो पाईने क्षेत्रका प्राय: घरमा गुर्जोको पानी वा चियाको रुपमा पनि दैनिक उपयोग गर्न थालिएको हो ।
आयुर्वेद चिकित्सकका अनुसार वेसार, गुर्जो, तुलसीकोपात समेत मिसाएर उमालेर पानी बेलिका–विहान नियमित सेवन गर्दा शरिरमा रोगप्रतिरोधात्मक क्षमता बृद्धी भै कोरना भाईरस समेत अन्य फ्युले समेत आक्रमण गर्दैन ।
‘गुर्जोले रोगप्रतिरोधात्मक क्षमता बृद्धी हने र कोरोना भाईरस संक्रमणलाई रोक्न मद्दत गर्छ भनेपछि हामीले कार्यालयमा नियमित रुपमा विहान, दिउँसो र साँझा चियाको रुपमा गुर्जो सेवन गर्दे आएका छौं’ कालीगण्डकी करिडोर २२० केभिए प्रशासरण लाईन बेनी कार्यालयका सहायक प्रवन्धक यादव न्यौपानेले भने, ‘शरिर फुर्तिलो भए जस्तो महसुस भएको छ । चिया बनाएर खाँदा टर्रोपन पनि हुँदैन । हामी सवैले नियमति सेवन गर्ने गरेका छौं ।’

जिल्ला आयुर्वेद स्वास्थय कार्यालयका अनुसार म्याग्दीमा पनि कोरोना संक्रमण भै आईसोलेसनमा बसेका ४८ जनालाई सुरु देखी नै तलसीको पात, गुर्जोको लहरा थिचेर बनाएको चिया र अस्वगन्धा जडिबुटी नियमित खुवाईएको थियो । आईसोलेसनमा बसेका सवै जना छिट्टै कोरोना संक्रमणमुक्त हुन गुर्जोसमेत जडिबुटीको सेवन पनि उपयोगी रहेको आयुर्वेदका दावी छ ।
संस्कृतमा गुडुची वा चक्रलक्षणिका भनिने गुर्जोलाई नेपालीमा अमृता पनि भनिन्छ । यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । गुर्जोमा हुने रोगप्रतिरोधात्मक क्षमता बृद्धी गराउने आयुर्वेदिक गुणको कारण कोरोना भाईरसको महामारी विच यसको चर्चा चुलिएको आयुर्वेदिक उपचारमा लागेकाहरुको दावी गरेका छन ।
‘गुर्जो बहुउपयोगी र बहुगुणकारी जडिबुटी हो । रोगप्रतिरोधात्मक क्षमता बृद्धी गर्ने भएकोले सवैले संभव गुर्जो खोजी खोजी खानु जरुरी छ’ जिल्ला आयुर्वेद श्वास्थ्य केन्द्रका प्रमुख डा.मधुरजी ढकालले भने, ‘हरेक कुराको सीमा हुन्छ । गुर्जो सेवनमा पनि मात्रा मिलाउुन आवश्यक हुन्छ । त्यसैले एक जना वयस्क ब्यक्तिले २ इन्च सम्मको टुक्रा गुर्जो थिचेर थोरै पानीमा राखी उमालेर ५० एमएलसम्म बनाई सेलाएर विहान–बेलुका नित्य सेवन गर्दा फाईदा पुग्छ ।’ डा.ढकालले थपे, ‘आईसोलेसनमा रहेका कोरोना संक्रमितलाई समेत हामीले नियमित रुपमा गुर्जो र तुलसीको पातको चिया दिने गरेका थियौं । गुर्जो सेवनले हानी गर्दैन वरु अन्य रोगलाई समेत लाभ पुर्‍याउँछ ।’

पानको झै फिंजारिएको पात हुने गुर्जाे लहरा भै फैलिन्छ । यसको लहरालाई च्वाट्ट काट्दा भित्र चक्राकार चिन्ह देख्नि । बर्खामा यसको फुल पहेंलो र हिउँदमा फल रातो फल्छ । गुर्जोको ताजा वा सुकेको लहरालाई १–२ इन्चका टुक्रालाई थिचेर २ सय एमएल पानीमा राखी उमाल्दै सुकाएर ५० एमएल भएपछि सेलाएर नियमति सेवन गर्दा रोगप्रतिरोधात्मक क्षमता बृद्धी हुनुको साथै मधुमेह (सुगर) रोगका विरामीलाई समेत अति रामो हुने आयुर्वेद श्वास्थ्य केन्द्रले जनाएको छ ।
‘गुर्जो बहुउपयोगी र गुणकारी जडिबुटी भएको धेरैले अनुभव सुनाएका छन । हाम्रो समाजमा धेरै पहिलादेखी आयुर्वेद औषधीको उपयोग भैआएको र सही उपयोग गरे राम्रो भएका पनि प्रशस्त उदाहरण भएकोले गुर्जो प्रयोग भएको विभिन्न औषधी ल्याउने तयारीमा छौं’ जिल्ला आयुर्वेद श्वास्थ्य कार्यालय ब्यवस्थापन समितिका नवनियुक्र अध्यक्ष जीवन विश्वकर्माले भने, ‘बजेट ब्यवस्थापन पछि गुर्जोयुक्त औषधी वितरण गर्ने र गुर्जोको उपयोग गर्ने विधीबारे सचेतना गर्ने योजनामा छु ।’ source-ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल