- Loading...
कोरोनाबाट थप ९ जनाको मृत्यु, ६३४ नयाँ सङ्क्रमित थपिए
- पुनहिल डट कम
- ४ साल अघि
- २६६ पटक पढिएको

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट थप नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको छ।
मृत्यु हुनेमा सुनसरीकी एक ६ वर्षीया बालिका र त्यहीका ६७ वर्षीय पुरुष, पर्साका तीन पुरुष (४८, ५८ र ६१ वर्षीय), बाराका एक ५८ वर्षीय पुरुष, सिराहाका एक ६८ वर्षीय पुरुष, मकवानपुरका एक ५६ वर्षीय पुरुष र भक्तपुरका एक ७३ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित फेला परेको र कुल सङ्क्रमितहरूको सङ्ख्या ३१, ११७ पुगेको छ।
अहिले देशभरि १२,६२१ जनामा सक्रिय सङ्क्रमण रहेको जानकारी शनिवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमितहरू काठमाण्डूका १६० जना, पर्सामा ५९, मोरङमा ५२ सिरहामा ३५ मकवानपुरमा ३२, बाँकेमा २८ र चितवनमा २७ जना रहेका छन्। ललितपुरका ६ र भक्तपुरका ५० गरी काठमाण्डू उपत्यकामा २१६ जना सङ्क्रमित थपिएका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
