FLASH NEWS
  • Loading...

काप्रेभीरमा ट्रयाक खोल्न धमाधम विष्फोटन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३७ पटक पढिएको
काप्रेभीरमा ट्रयाक खोल्न धमाधम विष्फोटन

पहिरोले वेस सहित पहरा खोपेर बनाएको सडक बगाएपछि अवरुद्ध बेनी–जोमसोम सडकको म्याग्दी/मुस्ताङ सीमावर्ती काप्रेभीरमा विष्फोटनगरी ट्रयाक खोल्ने प्रयास सुरु भएको छ ।
असार तेस्रो साता आएको पहिरोले म्याग्दी र मुस्ताङ सीमावर्ती काप्रेभीरकम बरिव १५ मिटर र बाँदरजुँगभीरमा पहिरोले १० मिटर भाग सडक वेस सहित कालीगण्डकीमा खसालेको थियो । सोही स्थानमा बुधवार देखी कम्प्रेसर मेशिन पुर्‍याई पहरामा होल खोल्न थालिएको छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार काप्रे र बाँदरजुँग भीरमा ४ मिटर चौडा सिङ्गल लेनको ट्रयाक मात्र खोल्न लागिएको छ ।
‘अक्करे पहरा क्षेत्रमा नै पहिरोले वेस सहित सडक बगाएकोले ट्रयाक खोल्न विष्फोटन नगरी नहुने भएको हो । पहरामा ट्रयाक खोल्न १५ दिनबढी लाग्छ’ आयोजनाका इन्जिनियर आशिष मानन्धरले भने, ‘काप्रभीरमा पानीको छहरामा भिज्दै होल खोल्ने काम भैरहेको छ । बाँदरजुंगमा सिंङ्गल ट्रयाक त खुलेको छ तर स्टेवल छैन ।’
११ मिटर चौडा सडक स्तरमा स्तरबृद्धी भैरहेको बेनी–जोमसोम–कोरला सडकको सवैभन्दा जटिल भाग मानिएको काप्रेभीर/बाँदरजुँग भीरको करिव ४० मिटर सडक खण्डमा मापदण्ड अनुसारको सडक नवन्ने भएकोले विष्फोटन गरी ७ मिटर लेन बनाउने योजना थियो । यहाँ सडकको स्तरबृद्धी हुन नपाउँदै पहिरोले सडक बगाएको हो ।
त्यसैगरी गत असार २७ गतेको भिषण बर्षापछि आएको बाढीपहिरोले बेनी–लेते ४५ किमी खण्डमा ब्यापक क्षति पुर्‍याएकोमा मर्मत गर्दै रुप्से छहरा पुगेको छ । राहुघाट खोलामा आएको बाढीले ढलाएको गलेश्वर स्थित बेलिब्रिज एक महिनाको प्रयासमा मर्मतगरी संञ्चालनमा आएपछि डोजरले सडक मर्मत गर्दै तलबाट माथी पुगेको हो ।
आयोजनाका अनुसार बेनीदेखी रुप्से छहरासम्म ३५ किमी सडक खण्डमा फोरह्वील स्तरका गाडी पुग्न सक्ने अवस्था भएको छ । रुप्से छहरामा आएको बाढीले त्यहाँको मोटरपुल समेत ५० मिटरबढी सडक बगाएको थियो । डोजरले ट्रयाक खोलेपनि रुप्सेमा अझै पानी ठूलो भएकोले सवारी चल्न सक्ने अवस्था छैन । काप्रे र बाँदरजुँग भीरमा विष्फोटगरी ट्रयाक खुल्दासम्म रुप्सेमा काठको सपोर्ट राखेर पुलजस्तो बनाई गाडी पार हुने बनाउने योजना छ ।
‘करिव दुई महिनादेखी मुस्ताङमा यातायात अवरुद्ध हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थको आपूर्ति रोकिएको छ । अव मुस्ताङी स्याउ पाक्ने पनि बेला भएकोले हामीलाई यथासंभव चाँडो बेनी–जोमसोम सडकमा सवारी संञ्चालन गर्नु पर्ने प्रेसर छ’ इन्जिनियर मानन्धरले भने, ‘मुस्ताङतर्फबाट पनि तल लेतेखोला र मिसीमा रहेका पहिरो पन्छ्याउँन डोजर चलाएका छौं । तलबाट माथी र माथीबाट तल तर्फ सडक मर्मत गर्ने काम भैरहेको छ ।’

तस्वीर : इन्द्रसिं शेरचन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल