FLASH NEWS
  • Loading...

‘जिग्मे मेमोरियल’ कपको उपाधी उदयश्रीको पोल्टामा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४२४ पटक पढिएको
‘जिग्मे मेमोरियल’ कपको उपाधी उदयश्रीको पोल्टामा

उच्च हिमाली उपत्यका लोमन्थाङमा सम्पन्न दोस्रो ‘छ्योग्यल जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल दुवै कप उदयश्री युथ क्लवले चुमेको छ ।
लोघेकर दामोदर कुण्ड गाउँपालिका, ३ घिलिङको उदयश्री युथ क्लवले स्नोल्याण्ड युवा क्लव फुवालाई पराजित गरी कप उचालेको हो । निर्धारित ९० मिनेटमा गोलरहित बरावरीपछि अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि ट्राईव्रेकरमा ८–६ गोल अन्तरले उदयश्रीले दोस्रो छ्योग्यल जिग्मे मेमोरियल फुटवल प्रतियोगितामा नगद ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र हात पारेको हो । स्नोल्याण्डले ५० हजार नगद, मेडलसहित दोस्रो स्थानमा चित्त बुझाई घर फर्केको थियो ।
जनैपूर्णिमा (यार्तोङ चाड)को अवसर पारेर समुद्र सतहदेखी ४ हजार ५० मिटर उचाईमा अवस्थित लोमन्थाङ गाउँपालिका, ३ थिंकर गाउँमा माउण्टेन पासाङ युवा क्लवको आयोजना गरेको दोस्रो ‘छ्योग्यल जिग्मे मेमोरियल’ फुटवल तथा भलिवल खेत प्रतियोगितामा लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिका भित्रका १४ वटा युवा क्लवहरु विच प्रतिस्पर्धा भएको थियो । छायाँवृष्टी क्षेत्र उपल्लो मुस्ताङमा यतिवेला सुख्खा छ, खेलकुदकालागी उपयुक्त मौषम छ ।
‘यो बर्षको फुटवल खेल प्रतियोगिता विगत बर्षको भन्दा बढी रोमान्चक रह्यो । लकडाउनले गर्दा शहरका सवै स्कुल कलेज बन्द भएकोले युवा विद्यार्थीहरु गाउँमै रहेको हुँदा प्रतियोगिताबढी परिस्कृत रह्यो’ आयोजक माउण्टेन पासाङ युवा क्लवको टिम क्याप्टेन रहेका ढेण्डुक छिरिङ गुरुङले भने, ‘प्रतियोगितामा खेल आर्कषण बढाउन प्रतिस्पर्धी टिमहरुले दर्शकलाई आकर्षित गर्न खाना तथा खाजाको ब्यवस्था समेत गरेका थिए ।’
त्यस्तै भलिविल खेत तर्फपनि लोघेकर दामोदर कुण्ड गाउँपालिका, ३ घिलिङको उदयश्री युथ क्लवले नै हात पारेको छ । सोही गाउँपालिकाको चराङलाई पाचौं सेटमा १३–१५ अङ्कले पराजित गरी भलिवल कप हात पारेको हो । उदयश्रीले भलिवलमा ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । चराङ युवा क्लवले २५ हजार नगदरहित मेडेल र प्रमाणपत्रमा चित्त बुझाएको आयोजक गाउँमा माउण्टेन पासाङ युवा क्लवले जनाएको छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई जिल्ला समवन्यय प्रमुख छिरिङ ल्हामो गुरुङले नगद, कप, पदक र प्रमाण पत्र प्रदान गरिन । पुरस्कार वितरण कार्याक्रममा ‘छ्योग्यल जिग्मे फाउडेसन’ का पदाधिकारी समेत रहेका लोमन्थाङ गापा अध्यक्ष सुर्वण विष्ट र लोघेकर दामोदर कुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल विष्ट सहभागी भए ।
‘कोरना महामारीको विचमा पनि संक्रमण मुक्त क्षेत्र भएकोले हामीले उपल्लो मुस्ताङको प्रतिष्ठित फुटवल तथा भलिवल प्रतियोगिता सम्पन्न गराएका छौं’ प्रतियोगिता आयोजक माउण्टेन पासाङ युवा क्लवका सचिव म्युच्योर गुरुङले भने, ‘दुवै खेलमा उदयश्रीको वोलवाला रह्यो । प्रतियोगितामा हारजीत भएपनि अन्य टिमको खेल पनि दर्शकले रुचाएका थिए ।’
परम्परादेखी नै घोडदौड रसाँस्कृतिक मेला लगाउने गरिएकोमा विगत १४ बर्षदेखी उपल्लो मुस्ताङ्का घिलिङ, घमी, ढाकमार, चराङ, मराङ्, धी, सुर्खाङ, घारा, ताडग्या, ध्ये, लोमन्थाङ, नेन्योल, छोस्यार, न्याम्डो, किम्लिङ, थिंकर, फुवा, नाम्ग्याल समेतका गाँउहरुमा पालैपालो फुटवल र भलिवल खेल समावेस गरी प्रतियोगिता आयोजना गरिँदै आएको छ । पछिल्लो दुई वर्षदेखी लोमन्थाङका अन्तिम राजा जिग्मे परवल विष्टको सम्झनामा छ्योग्यल जिग्मे मेमोरियल’ खेल प्रतियोगिता नामाकरण गरिएको हो । source- ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल