- Loading...
फुटबलको सबैभन्दा महँगो खेल आज
- पुनहिल डट कम
- ४ साल अघि
- २०२ पटक पढिएको

वेम्बली रंगशाला फाइल तस्बिर : रोयटर्स
एक खेल जितेमा २० करोड अमेरिकी डलरभन्दा बढी भित्रिने । हारमा शून्य रकम र उल्टै घोर निराशा । विश्व फुटबलको सबैभन्दा महँगो खेल आज मंगलबार हुँदैछ । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि यो खेल हुनेछ, च्याम्पिपयनसिप प्ले अफका रूपमा ।
वेम्बलीमा हुने खेलमा दुई लन्डन क्लब ब्रेन्टफोर्ड र फुलहम भिड्ने छन् । इंग्ल्यान्डको दोस्रो डिभिजनबाट अहिलेसम्म लिड्स र वेस्ट ब्रुमले बढुवा पाइसकेकोमा माथि उक्लिने तेस्रो तथा अन्तिम टिमको निर्णय यो खेलबाट हुनेछ ।
यो खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट भित्रिने २० करोड डलरभन्दा बढी पाउनेछ । पराजित हुने टिमले भने केही पनि पाउने छैन र फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ ।
ब्रेन्टफोर्ड च्याम्पियनसिप लिगको समाप्तिमा तेस्रोमा रहेको थियो भने फुलहम चौथो । ब्रेन्टफोर्ड ७३ वर्षयता पहिलोपल्ट इंग्ल्यान्डको माथिल्लो डिभिजनमा खेल्ने प्रयासमा छ ।
फुलहम भने गत सिजन मात्रै प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो र उसले आजको खेल जिते, फेरि सिधै माथिल्लो डिभिजनमा पुनरागमन रच्नेछ । खेल नेपाली समयअनुसार मंगलबार राति साढे १२ बजे सुरु हुनेछ । source-ekantipur.com

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
