FLASH NEWS
  • Loading...

अनलाइनमै पाइन्छ ‘थुप्रै’ किताब

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२० पटक पढिएको
अनलाइनमै पाइन्छ ‘थुप्रै’ किताब

पढ्न रूचाउने र नयाँ किताब खोज्दै पसल चहार्नेहरू यो बेला अत्तालिएका छन्, कहाँ किन्नु किताब?

‘थुप्रै’ ले यो समस्या समाधान गरिदिन्छ। ‘थुप्रै’ अनलाइन पोर्टल हो, जसका माध्यमबाट हामीले घरै बसेर चाहेको किताब किन्न सक्छौं। घरमै डेलिभरी गर्नेदेखि इ-बुकसम्मको सेवा कम्पनीले दिइरहेको छ।

सामान्य अवस्थामा पनि भनेको किताब जहीँतहीँ पाइँदैन। यही समस्या मध्यनजर गर्दै आफूहरूले इन्टरनेटकै माध्यमबाट किताब खोज्ने र घरसम्म पुर्‍याइदिने सेवा सुरू गरेको कम्पनीका सहसञ्चालक राजु गोतामे बताउँछन्।

‘पहिले किताब धेरै पढिन्थ्यो, तर आफूलाई मन लागेको किताब जताजतै नपाउने। मलाई जस्तै यो सुविधाको खाँचो अरूलाई पनि पक्कै होला भन्ने लाग्यो,’ राजुले सेतोपाटीसँग भने, ‘आफ्नै त्यही आवश्यकताबाट अनलाइन किताब डेलिभरीको आइडिया फुरेको हो।’

थुप्रै मानिसलाई सेवा पुर्‍याउने सोचले कम्पनीको नाम ‘थुप्रै’ राखिएको हो। नाम छोटो र याद भइहाल्ने हुँदा सुहाउँदो लागेको अर्का सह–सञ्चालक दीपेश आचार्य बताउँछन्।

दीपेशका अनुसार लेखक, पाठक, प्रकाशक सबैलाई सहज हुने तरिकाले ‘थुप्रै’ले नेपाली साहित्यलाई बढावा दिँदै अघि बढिरहेको छ। एक वर्षअघि सञ्चालनमा आएको यसले अनलाइन किताब बिक्रीबाहेक, विमोचन, नाटक, कन्सर्ट र अन्य कलासम्बन्धी कार्यक्रमका लागि अनलाइन टिकट पनि उपलब्ध गराउँछ।

कम्पनीका सञ्चालकद्वय ३० वर्षीय राजु र २९ वर्षीय दीपेश कलेजदेखिकै साथी हुन्। सफ्टवेयर इन्जिनियरिङका विद्यार्थी हुँदादेखि नै उनीहरू  सँगसँगै काम गरिरहेका छन्। १३ वर्षदेखि सहकार्य गरिरहेका उनीहरूको आफ्नै सफ्टवेयर कम्पनी पनि भएको दीपेशले जानकारी दिए।

बजारबारे पहिल्यै जानकारी पाएकाले ‘थुप्रै’ सञ्चालनमा उनीहरूलाई धेरै समस्या भएन। तर नयाँ पुस्तासँगै पुराना पुस्तालाई पनि आधुनिक उपकरण र अनलाइन सुविधाबारे सहज बनाउनु अहिले पनि चुनौती नै छ।

‘थुप्रै’को आधिकारिक वेबसाइट वा फेसबुकइन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट किताब अर्डर गर्न सकिन्छ। सहसञ्चालक राजुका अनुसार अर्डर देशभरबाट आउँछ। काठमाडौं उपत्यकाभित्र डेलिभरी निःशुल्क छ।

‘अहिलेको समयमा मोबाइल नहुने कमै होलान्, चलाउने सामान्य थाहा भइहाल्छ,’ राजु भन्छन्, ‘थुप्रै’ का फिचर सबैलाई चलाउन सहज हुने तरिकाले बनाएका छौं। हामी आफैंले ग्राहककै रूपमा चलाएर समस्या सुधार्ने गरेका छौं।’

लकडाउनका कारण अहिले ग्राहकलाई किताब घरसम्म डेलिभरी गर्न कम्पनीले सकेको छैन। यसको विकल्प भने निकालेको छ, इ–बुक।

मोबाइल, कम्प्युटर जस्ता उपकरणमा पढ्न सकिने इ–बुक ‘थुप्रै’ ले एपमार्फत् उपलब्ध गराउन थालेको हो।

राजुअनुसार इ–बुकबाट पाठकले ‘फ्रि बुक’ र ‘पेड बुक’ गरी दुई सेवा लिन सक्छन्। ‘फ्रि बुक’ अन्तर्गत ‘कपीराइट’ नलाग्ने पुराना आख्यान र गैरआख्यान किताब पैसा नतिरी पढ्न पाइन्छ। ‘पेड बुक’ मा प्रकाशनगृहका किताब हुन्छन् जुन अनलाइन सेवाद्वारै पैसा तिरेर पढ्न सकिन्छ।

इ–बुक सेवा योजनाभन्दा अलि अगाडि नै सुरू गर्नु परेको दीपेशको भनाइ छ। यो बेला अनलाइन किताब पढ्ने ‘भिजिटर’ पनि बढ्न थालेका छन्। करिब २५ हजार जनाले ‘थुप्रै’ एप डाउनलोड गरिसकेका उनले जानकारी दिए।

‘संसार डिजिटल हुँदै जाँदा कला र साहित्य क्षेत्र पछाडि पर्ने डर थियो। नयाँ पुस्ता मोबाइल र कम्प्युटरमा घोत्लिरहँदा दुई कदम परको पसलमा पुगेर किताब किन्ने फुर्सद छैन,’ राजु र दीपेश भन्छन्, ‘यसमा उनीहरूको गल्ती देखाउन पनि मिल्दैन। बरु परिवर्तन हुँदै गएको व्यवहारसँगै नयाँ व्यवस्थापन ल्याउनु पर्छ। ‘थुप्रै’ यही सोचको परिणाम हो।’

उनीहरूका अनुसार इ–बुक बजारमा किताब किनेर पढ्नुभन्दा सस्तो पनि छ। प्रकाशनअनुसार त्यसको मूल्य घटबढ भए पनि बजार मूल्य तुलनामा कमै हुने दीपेश दावी गर्छन्।

‘सस्तोमा ५५ रुपैयाँ र बढीमा तीन सयसम्मका हुन सक्छन्। यसैगरी अनलाइन डेलिभरीमा पनि कयौं अफर राखिरहेका हुन्छौं जसले बाहिरी मूल्यभन्दा सस्तै पर्छ,’ उनले भने।

सञ्चालकद्वयका अनुसार नयाँ पुस्तालाई डिजिटल उपकरणबाट नेपाली साहित्यमा आकर्षण गर्ने प्रयास हो ‘थुप्रै’। सहजताका लागि इ–बुकमा पनि धेरै सुविधा राखिएको उनीहरू बताउँछन्।

नेपाली तथा विदेशी दुवैखाले किताब समावेश ‘थुप्रै’ ले मुख्य प्राथमिकता भने नेपाली साहित्यलाई नै दिएको छ।

‘बजारमा नेपाली किताबको माग कम छ। नयाँ पुस्तामा पनि नेपाली साहित्यप्रतिको रूचि कम छ र यही स्थिति परिवर्तन गर्ने प्रयासमा छौं,’ राजुले भने, ‘विस्तारै यो अनलाइन सेवा परिमार्जन गर्दै लाने सोच छ। एकैचोटि राम्रो हुने आउँदैन। फेरि डिजिटल क्षेत्रमा बजारी चलनअनुसार फिचर बढाउँदै लानुपर्छ नै।’ source -anusha adhakari, setopati.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल