FLASH NEWS
  • Loading...

तीन दिन कुरेपछि वल्न पुग्यो पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारको राहत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२२ पटक पढिएको
तीन दिन कुरेपछि वल्न पुग्यो पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारको राहत

गण्डकी प्रदेश सरकारले म्याग्दीका बाढीपहिरो पीडितकालागी ढिलागरी भएपनि राहत सामाग्री पुर्‍याएको छ ।
तीन दिनदेखी राहत पर्खेर वसेका पीडितकालागी शनिवार सेनाको हेलिकोप्टरले धौलागिरी गाउँपालिका, ६ मराङको राम्चे र अर्वाङ मालिका गाउँपालिका, ७ विमको वाईन्नफाँट र अन्नपूर्ण गाउँपालिका, ३ काप्रेका पहिरो पीडितकालागी हरेक वस्तीमा ८०–८० वोरा चामल, ४–४ प्याक सोयाविन तेल, ८०–८० केजी नुन र तीन–तीन क्वाएल खानेपानीको पाईप तथा शौचालयका सामाग्री पुर्‍याएको म्याग्दी क बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले बताए ।


प्रदेशर सरकारको उपस्थिती नभएको गुनासोबढेपछि पीडितकालागी २० दिनपछि गण्डकी प्रदेश सरकारले खाद्यान्न पठाएको हो । प्रतिकुल मौषमको कारण तीन दिनदेखी हेलिकोप्टर उड्न नसकेपछि पहिरो प्रभावित क्षेत्रमा पठाउने खाद्यान्न बेनीमा रहेको प्रहरी कार्यालयमा अलपत्र थियो । पहिरोको कारण प्रभावित क्षेत्रमा पुग्ने सडक मार्ग अवरुद्ध भएपछि थोरै राहतलाई पनि महंगो मुल्यको हेलिकोप्टरबाट ढुवानी गर्नु परिरहेको छ ।
यसैविच जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय पालिकाहरुमा रहेका विपद ब्यवस्थापन समितिले पहिरो गएको २० दिन पुग्दासम्म पीडितको वर्गिकरण र क्षतिको यकिन विवरण संकलन गर्न सकेका छैनन । खोज, उद्धार तथा राहत एवं पुनस्थापनामा जुट्न पर्ने मुल्य जिम्मेवार रहेका प्रहरी, स्थानीय सरकार र रेडक्रसले संकलन गरेका पीडित बर्गिकरण तथा क्षतिको विवरणमा एकरुपता देखिएको छैन ।

‘पहिरो पीडित तथा पहिरोले पुर्‍याएको भौतिक क्षतिको यकिन तथ्याङ्मा प्रहरी र स्थानीय सरकार विचको तथ्याङ्कमा ठूलो फरक देखिएपछि हामीलाई जिल्ला विपद ब्यवस्थापन समितिको वैठक वोलाउन समस्या भएको छ’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘बैठकमा योजना बनाउन तथ्याङक राख्नु पऱ्यो । तर यता अझै पूर्ण भएकै छैन । अन्यौल भएको छ ।’

गण्डकी प्रदेश सरकारले राहत पुर्‍याउनुको साथै अन्नपूर्ण गापा, ३ दानाकी भीरबाट लडेर गम्भीर घाईते ४५ बर्षिय दिलकुमारी बरुवाल र मराङ अर्वाङकी २५ बर्षिय गर्भवती महिलाको पनि उद्धारगरी सदरमुकाम बेनीमा ल्याएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल