FLASH NEWS
  • Loading...

धमाधम देखिन थाले लक्षणसहितका संक्रमित, आइसियुमा पनि चाप बढ्याे

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५५ पटक पढिएको
धमाधम देखिन थाले लक्षणसहितका संक्रमित, आइसियुमा पनि चाप बढ्याे

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ। संक्रमितको बढेसँगै लक्षणसहितको संक्रमित बढन थालेको छन्।
मुलुकभर सुरुवातीको दिनमा देखिएका संक्रमितमा कोरोनाको लक्षण नदेखिए पनि पछिल्लो केही दिनयता संक्रमितमा ज्वरो,रुघाखोकी र थकानको महसुस हुने लक्षण देखिन थालेको हो।
लक्षण देखिन थालेपछि अस्पतालको भेन्टिलेटर र आइसियुमा राखी उपचार हुन थालेको छ। अस्पतालमा भर्ना भएका संक्रमित बिरामी गम्भीर हुँदै जान थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मुलुकभरको विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको आइसियुमा राखी उपचार भइरहेको छ। धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिएको छ। वीरगन्जको नारायणी अस्पतालमा ६ जनालाई आइसियुमा राखी उपचार हुँदैछ। १ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका दुई जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। १ जनाको अवस्था गम्भीर र अर्काको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र प्रसाद खनालले बताए। उनका अनुसार जेनरल आइसोलेसनमा ४ जनाको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा एक संक्रमितको आइसियुमा उपचार भइरहेको अस्पताल प्रशासनका प्रमुख माधव प्रसाद घिमिरेले बताए।
कोरोना परीक्षण गरे पनि बिरामीलाई अस्पतालमा भर्ना गरिँदैनन्। उपचाररत बिरामी कसैलाई कोरोना देखिएमा अस्पतालले उपचार गरिने उनले जानकारी दिए।  जनकपुर प्रादेशिक अस्पतालमा २ जना संक्रमित आइसियुमा उपचाररत रहेका अस्पतालले जानकारी दिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जनालाई आइसियुमा राखी उपचार गरिरहेको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले बताए। उनका अनुसार १ जनाको अवस्था गम्भीर रहेको थियो। अहिले भने सामान्य भइरहेको राजभण्डारीले जानकारी दिए।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनालाई आइसियुमा राखी उपचार गरिरहेको निर्देशक विष्णु प्रसाद शर्मा बताउँछन्। उनले भने,’ भेन्टिलेटरमा राखी उपचार गरिरहेको महिलाको आज मृत्यु भएको छ।’ आइसियु र भेन्टिलेटरको बेड संख्या थप्ने तयारीमा सरकार सरकारले देशभरको कोभिड उपचार अस्पतालमा आइसियुको बेड भेन्टिलेटर थप्ने तयारी गरिहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समीर कुमार अधिकारी बताउँछन्।
सुरुवाती दिनमा भन्दा अहिले देशभरका अस्पतालमा आइसियुको बेड थप्दै लगिरहेको उनले बताए। उनका अनुसार कोभिड संक्रमितलाई उपचार गर्नलाई १ हजार ७ सय २ आइसियु छन्। भेन्टिलेटर संख्या ९ सय रहेको उनले जानकारी दिए। लकडाउन गर्दाको अवस्थामा १ हजार ५ सय ५१ आइसियु बेड र ७ सय ७० भेन्टिलेटरको संख्या रहेको सहप्रवक्ता अधिकारीले बताए। source-thahakhabar.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल