FLASH NEWS
  • Loading...

‘वामदेव र बादलका कारण फेरियो नेकपाको शक्ति सन्तुलन’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३८१ पटक पढिएको
‘वामदेव र बादलका कारण फेरियो नेकपाको शक्ति सन्तुलन’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताएका छन्।
‘हिजोबाट हाम्रो पार्टी एकताताकाको स्पिरिटमा आइपुगेको छ’, उनले भने, ‘अब यही कोर्समा पार्टी अघि बढ्छ।’  बुधबार रिपोर्टर्स क्लबमा बोल्दै थापाले आफू कुनै पनि गुटमा नभएको जिकिर गरे। ‘म एकताको पक्षमा छु। म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु’, उनले भने, ‘अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु।’
उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फुट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता रहेको बताए।  ‘पार्टी फुटको चरणमा पुगेको छैन। हाम्रो पार्टी फुटको चरणमा छैन’, उनले थपे, ‘तर, शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यो शक्ति संघर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ।’ साक्षात्कारमा बोल्दै थापाले हिजोको बैठकमा आफू अनुपस्थित भएको पनि सुनाए।
‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गइनँ’, उनले भने, ‘हिजो बालुवाटारमा बसेको भनिएको स्थायी कमिटीबारे मेरो विरोध छैन।’ वामदेव र बादलले फेरियो शक्ति सन्तुलन  हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि उनले जानकारी दिए।  उनले भने,‘वामदेव कमरेडको ६ बुँदे प्रस्ताव एकताकै जगमा उभिएको छ।’
वामदेव गौतमको ६ बुँदे प्रस्ताव र हिजोको बैठकमा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएसँगै नेकपाको शक्ति सन्तुलनमा पनि फेरबदल आएको उनको दाबी छ।  ‘यसअघि वामदेव कमरेड अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहबाट प्रस्तुत हुनुभएको थियो’, उनले भने, ‘तर, हिजो उहाँले ६ बुँदे प्रस्ताव ल्याएसँगै नेकपाको शक्ति समीकरणमा थोरै चेन्ज ल्याएको छ। सचिवालयको समीकरणमा पनि चेन्ज आएको छ।’ उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्‍वास व्यक्त गरे।
‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ,’ उनले थपे। एकताको मर्म पनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी त्यही दिशामा आइपुगेको उनको तर्क छ।  ‘मेरो पनि यही धारणा हो। पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने’, उनले थपे, ‘चैतमा एकता महाधिवेशन सम्पन्‍न गर्ने हो। यो भनेको आम धारणा पनि हो।’ उनले बहुमत/अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे।
वामदेवको हिजो प्रस्तावलाई लिएर गरिएको प्रश्नमा उनले नेकपामा कुनै तेस्रो धार नभएको स्पष्ट पारे। ‘वामदेव एकताको पक्षमा आउनुभयो’, उनले भने। अध्यक्षद्वय ओली-दाहाल सहमतिकै आधारमा स्थायी कमिटी बैठक बस्‍ने उनले सुनाए। thahakhabar.com/news/104052

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल