Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

परराष्ट्रमन्त्री ज्ञवाली र आयोगकी प्रवक्ता अन्सारीबीच सामाजिक सञ्जालमा जुहारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१८ पटक पढिएको
परराष्ट्रमन्त्री ज्ञवाली र आयोगकी प्रवक्ता अन्सारीबीच सामाजिक सञ्जालमा जुहारी

कोरोना भाइरस (कोभिड-१९)महामारी रोकथाम र नियन्त्रणलाई सरकारले गरेका प्रयासलाई लिएर राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सामाजिक सञ्जालमा जुहारी परेको छ।अन्सारीले सरकारका कमिकमजोरी औंल्याएकी छन् भने ज्ञवालीले सरकारका प्रयासको प्रतिरक्षा गरेका छन्।
“जब विश्व कोभिडबाट आक्रन्त थियो नेपाल कोभिड होलिडे मा व्यस्त थियो, अहिलेको परिणामः बेलैमा स्वास्थ्य सामग्रीको जोहो गर्न नसक्नु, पीसीआरको दायरा साँघुरो, सीमामा आएका नागरिकलाई उतै फिर्ता गर्नु, आरडीटी गरेर घर पठाउनु, अव्यवस्थित क्वारेन्टाइन, योजना र अनुगमनबिना लकडाउन खोल्नु,” अन्सारीले आज बिहान ट्वीट गरेकी थिइन्। सोही ट्वीटमा उनले सरकारले गरेका केही राम्रा काम पनि उल्लेख गरेकी थिइन्।
अन्सारीले सरकारको आलोचना गर्दै ट्वीट गरेको एक घण्टा पछि परराष्ट्रमन्त्री ज्ञवालीले त्यसको जवाफ ट्वीटरमै दिएका थिए। “म्याडम, एक बाट ३२ प्रयोगशाला, तीन लाख २० हजार बढी पीसीआर परीक्षण, पटक-पटक गरेर पाँच लाख बढीलाई क्वारेन्टाइन, हजारौं आइसोलेशन वार्ड र दर्जन बढी कोरोना विशेष अस्पताल, न्यून मृत्युदर- यी सबै ‘होलिडे’ मनाउनुका परिणाम हुन् त? कमीहरू होलान्, तर सबै नराम्रो मात्रै देख्नु उचित हुँदैन कि ?,” ज्ञवालीले ट्वीटरमा अन्सारीलाई जवाफ दिएका छन्।
ज्ञवालीले जवाफ दिएको एक घण्टा पछि पुनः अन्सारीले त्यसको जवाफ फर्काएकी छन्।  ज्ञवालीको प्रश्वनको जवाफ उनले दुई वटा ट्वीटमार्फत् दिएकी छन्। पहिलो ट्वीटमा उनले लेखेकी छन्, “नमस्कार माननीय मन्त्री ज्यू, स्वास्थ्य अधिकार जनताको मौलिक हक हो। अन्दाजी ४० प्रतिशत जो अनौपचारिक क्षेत्रमा काम गर्थे तिनले जागिर गुमाइसकेको अवस्था छ। परीक्षणको लागि सरकारले तोकेको पाँच हजार ५०० रूपैयाँ रकम कसले तिर्ने?”
“आज तिनै मानिस काममा फर्किनको लागि कामदारदाताले पीसीआर रिपोर्ट ल्याउ भन्दैछन्। डेरामा बस्नेसँग घरबेटीले पीसीआर रिपोर्ट माग्दैछन्। ज्याला मजदुरी गर्नेको तलब १२ हजार देखि १९ हजार (पाँच जनाको परिवार) को कमाई हुनेले पाँच हजार ५०० रूपैयाँ मा पीसीआर गर्‍यो भने के खाने?,” अन्सारीले दोस्रो ट्वीटमा प्रश्न गरेकी छन्।
अन्सारीले दुई वटा ट्वीटमार्फत् प्रश्न गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले त्यसलाई थप स्पष्ट पार्ने प्रयास गरेका छन्। साथसाथै अन्सारीलाई भ्रममा नपर्न र विश्वासनीयता परीक्षण गर्न समेत आग्रह गरेका छन्। “न नेपाली कामदारले काममा फर्किन निजी खर्चमा पीसीआर टेस्ट गराउनु पर्छ, न डेरावालले घरधनीसामु त्यस्तो परीक्षणको प्रमाण नै बुझाउनु पर्ने व्यवस्था छ। प्रोटोकल अनुसार परीक्षण गर्नु पर्नेहरूको निःशुल्क परीक्षण भइरहेको छ। यहाँको सूचनाको स्रोतको विश्वासनीयता परीक्षण गर्नु हुन्छ कि?,” ज्ञवालीले अन्सारीलाई जवाफ दिएका छन्।
परराष्ट्रमन्त्रीको जवाफले अन्सारीको चिक्त बुझेन। उनले फेरि केही तथ्य राख्दै सरकारलाई आफ्ना कमिकमजोरी सुधार्न सुझाव दिएकी छन्। “यो हो काठमाडौंको यथार्थ जहाँ सबै रोजगारी र भविष्य खोज्दै आउँदैछन्। पीसीआर परीक्षण विज्ञ भन्छन् परीक्षण शुल्क दुई हजार, किटको एक हजार ५००, स्टाफ खर्च गरी तीन हजार ५०० अन्दाजी लाग्छ। कमीहरू सुधार्न निकै ढिलो भइसक्यो। यी जनतासँग प्रत्यक्ष सरोकारका विषय हुन्,’ अन्सारीले ट्वीटरमार्फत् भनेकी छन्।source – https://www.dekhapadhi.com/news/19558

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल