FLASH NEWS
  • Loading...

चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२२ पटक पढिएको
चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

भारत र पाकिस्तानको आपसी वैमनस्यताका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय बनेपछि चीनको अगुवाईमा दक्षिण एशियामा छुट्टै क्षेत्रीय संगठन निर्माणको पहल शुरु भएको छ।

यसका लागि चीन सक्रिय भएर लागेको छ। सोमबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा चीनले क्षेत्रीय संगठन बनाउने औपचारिक प्रस्ताव गरेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार चीनको प्रस्तावमा अन्य तीनवटै मुलुक सकारात्मक देखिएका छन्।

कोरोना महामारीका विषयमा छलफल भन्दै चीनले विगत केही महिनायता यस प्रकारको छलफलको अगुवाई गरिरहेको छ। परराष्ट्र सचिव शंकरदास वैरागीले सोमबारको छलफल चीनको समन्वयमा भएको जानकारी दिए।

सोमबारको भर्चुअल बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पाकिस्तानका विदेशमन्त्री शाह महुमद कुरेशी, चीनका विदेशमन्त्री वाङ यी र अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दीन रब्बानी सहभागी थिए।

यद्यपी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सार्कको विकल्प अन्य कुनै संगठन हुन नसक्ने बताए। उनले सोमबार भएको भर्चुअल बैठकमा सार्कको विकल्पका बारेमा छलफल नभएको बताए। ‘अहिले नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्प सोचेको छैन,’ उनले  भने, ‘सोमबार भएको भर्चुअल बैठकमा त्यस विषयमा कुनै छलफल भएन।’

भारतसँग चीन, नेपाल र पाकिस्तानको सम्बन्ध राम्रो नभएका बेला ऊ बाहेक दक्षिण एशियामा छुट्टै संगठन बनाउन चीनले पहल गरेपछि दक्षिण एशियामा नयाँ क्षेत्रीय सन्तुलन देखिने सम्भावना बढेको हो। सार्कमा भारतको हालिमुहाली हुने गरेको छ। चीनले सार्कमा सदस्यता लिने प्रयास गरेपनि आफ्नो प्रभुत्व गुम्ने डरले भारतले चीनलाई सार्कमा समावेस गर्न मानेको छैन।

तर, भारतमा २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि उनको विदेश नीति र पाकिस्तान नीतिका कारण सार्कसमेत निष्क्रिय बन्न पुगेको छ। विश्व मञ्चबाट पाकिस्तानलाई अलग पार्ने भारतीय नीतिका कारण भारतले सार्कलाई निष्क्रिय पारेको हो। त्यसैले भारतले पाकिस्तानबाहेकको विमस्टेकलाई महत्व दिँदै आएको छ। तर, यो संगठनको चार्टरसमेत छैन। त्यसैले यो एक लुज फोरम जस्तैमात्र बन्न पुगेको छ।

चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल