FLASH NEWS
  • Loading...

चार महिनापछि हट्यो लकडाउन, के केमा प्रतिबन्ध कायमै ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९६ पटक पढिएको
चार महिनापछि हट्यो लकडाउन, के केमा प्रतिबन्ध कायमै ?

नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरिएको लकडाउन चार महिनापछि हटाइएको छ ।

नेपाल सरकारले चैतको दोस्रो साता सुरु भएको लकडाउन मङ्गलवार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए।

बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलमा उनले भने, “अब भरे राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुपर्यो।”

तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमश: खुला गर्दै लगिने पनि उनले बताए। मन्त्री खतिवडाले भने, “… एउटा कुरा म फेरि दोहोर्याउँछु। हामी अहिले लकडाउनमा छौँ भन्ने दिन अब भरे राति १२ बजेबाट परेन।”  “… यो लकडाउनले हामीलाई धेरै मनोवैज्ञानिक त्रास पनि दियो र अर्को प्रकारले हामीलाई धेरै कुराका लागि बहानाबाजी पनि भयो। यो कुरा चाहिँ अब नहोस्।

तर कोरोनाभाइरसको जोखिम भने कायम रहेको बताए। उनले भने, “तर त्यो भनेर हामीलाई … सङक्रमणको जोखिम छैन भन्ने होइन।”

जोखिम कायम रहेकै कारण अन्य केही क्षेत्रमा पनि केही प्रतिबन्धहरू रहने बताइएको छ।

खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुराँ, ट्राभल तथा ट्रेकिङलगायत पर्यटन व्यवसायहरू खुला गर्ने निर्णय गरेको छ। त्यस्तै अन्य विभिन्न व्यवसाय र क्षेत्रहरू पनि आगामी भदौ १ गतेदेखि खुला गर्ने जानकारी खतिवडाले दिए।

खतिवडाले दिएको जानकारी अनुसार सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ। होटलहरू खुले पनि त्यहाँ सामूहिक भोज भने गर्न पाइने छैन।

भदौ १ गतेदेखि विद्यालयहरूले विद्यार्थी भर्ना लिन पाउनेछन्। तर कक्षाहरू भने दूरशिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्ने मन्त्री खतिवडाले जानकारी दिए।

त्यस्तै भदौ १ गतेदेखि लामो र छोटो दूरीका अन्तर-जिल्ला सार्वजनिक यातायात पनि सञ्चालन गर्न सकिने खतिवडाले बताए।

तर सभा, सम्मेलन, सैलुन, ब्युटिपार्लर, स्पा, खेल मैदान र धार्मिक स्थलहरू भने भदौ १ गतेपछि पनि बन्दै रहनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल