- Loading...
मनसुनी न्यून चापीय रेखा नेपाल नजिक, २४ घण्टा सतर्क रहन आग्रह

- पुनहिल डट कम
- ५ साल अघि
- ४६८ पटक पढिएको
जलतथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले अझै केही दिन सतर्क रहन आग्रह गरेको छ। महाशाखाले सोमबार विहान ६ बजे बुटेटिन जारी गर्दै मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेकोले अझै केही दिन वर्षा हुने जनाएको छ।
महाशाखाले गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था छ। नेपालभर सामान्यदेखि पूर्ण बदली रही धेरैं स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।’
यस्तै पूर्वानुमान बुलेटिमा आगामी ३ दिनसम्म हल्कादेखि मध्यम र भारी वर्षा हुने उल्लेख गरिएको छ। प्रदेश १, ३ वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, केही स्थानमा साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका १÷२ स्थानमा वर्षाहुने पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ।
पूर्वानुमान बुलेटिनमा भनिए अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै सात वटै प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने भएकाले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध महाशाखाले गरेको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
































