- Loading...
विभिन्न ब्यक्तिलाई आर्थिक सहयोग
- पुनहिल डट कम
- ४ साल अघि
- ४१२ पटक पढिएको

जिल्लामा परोपकारी संस्थाको रुपमा परिचित ओमकुमारी शान्ति कोषले मंगला गाउँपालिका, २ का करेन्ट लागेर दुवै हात गुमाएका खिमबहादुर पुनलाई ६५ हजार आर्थिक सहयोग गरेको छ । साथै कोषको अगुवाईमा पोर्चुगलमा संकलित छुट्टै ७० हजार रुपैयाँ पनि बुधवार बेनी स्थित ओमकुमारी शान्ति कोषको सचिवालयमा एक कार्यक्रम विच हस्तान्त्रण गरिएको छ ।
त्यसैगरी सोही कार्यक्रममा बाग्लुङ्गका अधिवक्त राम शर्मा र इन्दिरा पुन पाण्डेले म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा हालै गएको भिषण बाढीपहिरोमा ज्यान गुमाएका र विपतमा परेकालाई राहत पुर्याउन कोष मार्फत ५–५ हजार आर्थिक सहयोग गरेका छन ।
त्यसैगरी चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीका कृष्ण कँडेलसमेत टोलीले म्याग्दीका मृगौला फेल भै विभिन्न अस्पतालमा उपचारक्रममा रहेका ५ जनालाई जनही १०–१० हजार सहयोग गरेका छन । इन्द्रेणीका कृष्ण कँडेलको टोली पहिरो प्रभावित विम, मराङ क्षेत्र पुगी ३० जना मृतकको परिवार तथा घाईतेका परिवारलाई १० हजारदेखी ३० हजारसम्म आर्थिक सहयोग गरेको बुधवार ओमकुमारी शान्ति कोषको सचिवालयमा आयोजित एक कार्यक्रममा जानकारी गराएको छ । तर टोलीले कति मृतक परिवार, घरखेत गुमाएका समेत कति परिवारलाई कुल कति रकम सहयोग गरियो पुरा विवरण भने सार्वजनिक गरेनन ।
‘म धेरै जना सहयोगी मनहरुको विश्वास बोकेर घट्टास्थल पुग्ने गरेको छु । यहापनि पुगेर सक्ने सहयोग हस्तान्त्रण गरी फर्केका छौं’ कृष्ण कँडेलले भने, ‘यहाँ वितरण गरिएको आर्थिक तथा भौतिक सहयोग मेरो पैसा होईन, मलाई विश्वास गरी पठाएको सहयोग बोकेर पीडितको हातमा पुर्याएको हुँ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
