FLASH NEWS
  • Loading...

जिल्लामा पहिलो पटक कार्यस्थलमै मेशिनबाट गुणस्तर परिक्षण, अधिकांश कंक्रिटमा कमजोर गुणस्तर

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६३ पटक पढिएको
जिल्लामा पहिलो पटक कार्यस्थलमै मेशिनबाट गुणस्तर परिक्षण, अधिकांश कंक्रिटमा कमजोर गुणस्तर

जिल्लामा पहिलो पटक बेनी नगरपालिकाले कार्यस्थलमै मेशिन प्रयोग गरी निर्मित संरचनाको गुणस्तर परिक्षण थालेको छ ।
नगरपालिकाले ठेकदार तथा उपभोक्ता समिति मार्फत निर्माण गरेका बेनी–पाखापानी सडकको नाली निर्माण, अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक ढलान र बेनी–पाखापानी सडकखण्डबाट जामुनाखर्क माध्यामिक विद्यालय जोड्ने सहायक सडक ढलानमा कंक्रिट टेष्ट हेम्बर (रिवाउण्ड हेम्बर) मेशिन प्रयोगगरी गुणस्तर परिक्षण गरेको थियो ।
नगरपालिाकाका उपमेयरको संयोजकत्वमा गठित नगरस्तरिय अनुगमन समितिका पदाधिकारी उपस्थित भै उपकरणबाट गुणस्तर नाप्दा यी योजनाका संरचना करिव आधाबढी भत्काएर पुन:निर्माण गर्नु पर्ने देखिएको र नगरपालिाकाका प्राविधक उपस्थित भएको र नभएको क्षेत्रमा निर्मित संरचनामा धेरै फरक पाईएको जनाएको छ ।
‘नमुना संकलन गरी ल्यावमा परिक्षण गर्ने र रिवाण्ड हेम्बर प्रयोग गुणस्तर नाप्ने दुई विधी छन । कंक्रिट टेष्ट हेम्बर (रिवाण्ड हेम्बर) फिल्डमै गुणस्तर परिक्षण गर्ने विधी हो’ नगर अनुगमन टोलीका सचिव एवं इन्जिनियर विमलरन्जन कार्कीले भने, ‘जिल्लामा पहिलो पटक प्रविधी प्रयोग गरी कंक्रिट संरचनाको गुणस्तर परिक्षण गरेका छौं । प्रविधी प्रयोगगरी हेर्दा योजनाका निर्मित संरचनाहरु डिजाईन/इष्टिमेटमा उल्लेख गरिएको सिमेन्ट, गिटी र वालुवाको अनुपात मिलाएको देखिएन । धेरै कमजोर देखियो ।’
सिमेन्ट, गिटी र वालुवा प्रयोग गरि निर्मित कंक्रिट संरचनाको बलियोपना (भारवहन क्षमता) पत्ता लगाउन पल्नजर स्प्रीङजडित हेम्बरले कंक्रिट गरेको ठाउँमा कम्प्रेस गरी कम्प्रेसिभ स्ट्रेन्थ हेरिन्छ । यसो गर्दा डिजाईन इष्टिमेट अनुसार सिमेन्ट, गिटी र वालुवा मिक्सगरी निर्मित कंक्रिटले डिजाईन अनुसार भार थेग्न सक्छ/सक्दैन पत्ता लाग्छ । कंक्रिट २८ दिनमा पूर्णरुपमा सेट हुन्छ ।
‘नगरपालिकाद्धारा ठेक्कापट्टा र उपभोक्ता समिति मार्फत संञ्चालित धेरै योजनाहरु नाङ्गो आँखाले अनुगमन गरियो । देखिने कुराहरु उचाई, लम्बाई हेर्ने, तोकिएको काम भए नभएको हेरेर बाह्य कमीकमजोरी संच्याउन सुझाव दिन्थ्यौं र योजना पास गर्दै आएका थियौं’ बेनी नगरपालिकाका पूर्वाधार समितिका संयोजक कृष्णकुमार विकले भने, ‘उपकरण (मेसिन)लगाएर गुणस्तर नाप्दा पो छ्याङ्गै भो, सरकारी संरचना धेरै टिक्दैनन ।’
नगरपालिकाले संञ्चालन गरेका ५ लाख माथिका १ सय ५० बढी योजनाहरु मध्य नगरस्तिरिय अनुगमन समितिले तीन वटा योजनामा मात्र मेशिन प्रयोगगरी गुणस्तर नापेको हो । बेनी नपा, ९ तोरिपानी स्थित गलेश्वर माध्यामिक विद्यालय इन्जिनियरिङ शिक्षालयको प्राविधिक तथा उपकरण (मेशिन) ल्याएर निर्मित संरचनाको गुणस्तर परिक्ष्
ाण गरेको हो । धेरै उपभोक्ता समिति र निर्माण ब्यवसायीसँग प्राविधिक ज्ञान नहुँदा डिजाईन इष्टिमेटमा उल्लेख भएको रेसियो मिलाएर संरचना निर्मान नहुने गरेको पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल