FLASH NEWS
  • Loading...

भारतले अड्कायाे नेपालकाे ठूलाे परिमाणकाे औषधि

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २१७ पटक पढिएको
भारतले अड्कायाे नेपालकाे ठूलाे परिमाणकाे औषधि

नेपाली सेनाले भारतको सरकारी कम्पनीबाटै औषधि खरिद गर्ने भनिएको औषधि अहिलेसम्म खरिद गरिएको छैन।

भारतको औषधि विभाग अन्तरगतको कम्पनी ब्युरो अफ फार्मा पीएसयूएस इन्डिया (बीपीपीआई) बाट औषधि खरिद गर्ने औषधिमा भारत सरकारको निर्देशन विना निर्यात गर्न नसकिने जनाएको र निर्यात नै गर्नुपर्ने भए खरिद गर्ने देशले विभिन्न ६ वटा बुँदा स्पष्ट पार्नुपर्ने भएकाले त्यसपछि मात्रै निर्यात गर्न सकिने जनाएपछि अहिलेसम्म नेपाल सरकारले औषधि खरिद गर्न नसकेको हो।

औषधि निर्यात गर्ने कम्पनीले आफूसँग निर्यात गर्ने लाइसेन्स नभएको भन्दै भारतस्थित नेपाली राजदूतावासलाई जानकारी गराएको थियो। त्यसपछि नै भारतबाट खरिद गर्ने भनिएको औषधि खरिद प्रकृया अलपत्र भएको हो।

उक्त कम्पनीबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने तयारी सेनाले गरेको थियो। भारतबाट एक करोड ५० लाख भारुमा ५३ प्रकारका औषधि ल्याउन लागिएको थियो।

त्यसका लागि सम्झौता पत्र पनि तयार पारियो। सँगै भुक्तानी र ढुवानी प्रक्रिया पनि अगाडि बढाइएको थियो। वैशाखमा सेनाले सम्झौता पत्रको मस्यौदा पठायो। तर भारतीय कम्पनीले आफूसँग विदेश निर्यात गर्ने लाइसेन्स नभएको भन्दै सम्झौता पत्र परिमार्जन गर्नुपर्ने जनाएको थियो।

कम्पनीले आफूले दिल्लीस्थित दूतावाससँग मात्र सम्झौता गर्न सक्ने र औषधि दूतावासलाई नै बुझाउने बतायो। कम्पनीको उक्त जवाफका आधारमा सेनाले सम्झौतामा परिमार्जन ग-यो र दिल्ली पठायो।

तर त्यसको जवाफमा सो कम्पनीले औषधि खरिद गर्ने कम्पनीको छनौटको निर्णय, भुक्तानी एकमुष्ट गर्ने कि किस्तामा गर्ने, भुक्तानी दिदा बैक ग्यारेण्टी आवश्यक पर्ने कि नपर्ने, औषधिको गुणस्तरमा त्रुटि आए त्यसको समाधान गर्ने उपाए के गर्ने, औषधि चेकजाँँचको प्राविधिकहरु कसले व्यहोर्ने जस्ता विषयहरु सम्झौतामा स्पष्ट पार्न नेपाली पक्षलाई आग्रह गरेपछि त्यसको जवाफ अहिलेसम्म नदिदा खरिद प्रकृया नै अलमलमा परेको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले औषधि खरिदका लागि दिल्लीस्थित नेपाली दूतावासलाई समन्वयका लागि जिम्मा दिइएको तर, हालसम्म दूतावासबाट नयाँ जानकारी नआएको बताए। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल