- Loading...
नेपालले अमेरिकालाई पत्राचार गरेर भन्यो- अहिलेलाई एमसीसी होल्डमा
- पुनहिल डट कम
- ५ साल अघि
- २०५ पटक पढिएको

नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’मा रहेको जानकारी संयुक्त राज्य अमेरिकालाई गराएको छ।
१६ असारबाट कार्यन्वयन हुनुपर्ने उक्त सम्झौता संसदमा अनुमोदन हुन सकेको छैन। अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी अहिलेका लागि उक्त सम्झौता होल्डमा राखिएको जानकारी गराएको हो। एमसीसी सम्झौताको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण संसदको कार्यसूची बन्न पाएको थिएन।
हाल बजेट अधिवेशन पनि अन्त्यको अवस्था भएकाले तत्काल अनुमोदन हुने स्थिति नभएकाले सो सम्झौताअन्तर्गतका बजेट र कार्यक्रम हाल रोकिने भएका हुन्। नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि सञ्चालित उक्त सम्झौता कार्यान्वयन अवधिबारे अमेरिकाले पनि असार १५ गते वक्तव्य निकाली आयोजना शीघ्र कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेको थियो।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को जोखिमसमेतका कारणले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराउनु परेको उल्लेख गर्दै हाल अनुमोदन हुन नसकेको बारेमा अमेरिकी सरकारलाई अवगत गराइएको बताए।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
