FLASH NEWS
  • Loading...

चाल्ने सिस्‍नु हेपाटिक क्यान्सरका लागि उपयोगी : अनुसन्धानकर्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५० पटक पढिएको
चाल्ने सिस्‍नु हेपाटिक क्यान्सरका लागि उपयोगी : अनुसन्धानकर्ता

नेपालमा पाइने अल्लोमा (चाल्ने सिस्‍नु) औषधीय,कस्मेटिक र खाना योग्य गुणहरु प्रशस्त मात्रामा पाइएको एक अनुसन्धानले देखाएको छ । अल्लोमा फाइटोस्टेरोल, फाटिएसिड, क्यारोटिन्वाइड्स, पोलिफिनोल जस्ता तत्वहरु पाइएको हो ।

त्रिवि वनस्पति शास्त्र अध्ययन संस्थानका पीएचडी अध्ययनरत श्यामशरण श्रेष्ठसहित उनका सुपरीवेक्षकहरु प्राध्यापक संगिता राजभण्डारी, दीपकराज पन्त र पाडोभा विश्‍वविद्यालय इटालीका प्राध्यापक स्टेफानो डालआक्‍वा सम्मिलत अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो ।

मोलिक्युल्स जर्नलमा प्रकाशित उक्त अनुसन्धानले नेपालमा पाइने अल्लो हेपाटिक क्यान्सरका लागि सबैभन्दा बढी उपयोगी देखिएको पनि जनाएको छ ।

अनुसन्धानकर्ता श्रेष्ठले भने,‘अल्लोले हेपाटिक क्यान्सरका बिरामीलाई क्यान्सर लगाउने कोषहरु वृद्धि गर्न दिँदैन । यसमा भएका फाइटोस्टेरोलले कोष वृद्धि गर्न नदिने भएकाले अल्लो बहुउपयोगी छ ।’ फाइटोस्टेरोल तत्वले कलेजोमा क्यान्सर वृद्धि गर्ने कोषहरु रोकिदिने काम गर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताए । अल्लोमा हुने तत्वले हेपाटिक, प्यानक्रियाटिक र ओभरियन सेललाइन विरुद्ध काम गर्ने देखिएको पनि उनले बतए ।

नेपालमा अल्लोको एउटा प्रजाति मात्रै पाइन्छ । नेपालीमा चाल्ने सिस्‍नुले समेत भनिने अल्लो घरायसी सिस्‍नुभन्दा केही फरक हुने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो प्रजातिको अल्लो नेपालमा १२ सयदेखि ३ हजार मिटरको उचाईमा पाइन्छ । श्रेष्ठले सिन्धुलीगढीबाट अल्लोको नमुना संकलन गरेर इटालीस्थित पादोवा विश्वविद्यालयमा यसमा पाइने तत्व‍हरुको अध्ययन गरेका थिए ।

लुगा, डोरी, सुकुल, नाम्लो र उपहारका सामानहरु बनाउन प्रयोग हुँदै आएको अल्लो नेपाल लगायत भारत, भुटान, पूर्वी चीन, म्यानमार, इन्डोनेसिया, अफ्रिकामा पनि पाइन्छ ।

पराम्परागत मान्यता अनुसार नेपालमा अल्लो खानाले ग्यास्ट्रिक, छाती दुखाइ,बाथ, क्षयरोग, टाउको दुखाइ, मधुमेह, दम सुत्केरी व्यथा, रक्त शुद्धीकरण हाड भाँचिएको ठाउँमा उपयोग हुँदै आएको अनुसन्धानकर्ता श्रेष्ठले बताए । – ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल