FLASH NEWS
  • Loading...

जननेता मदन भण्डारीको जन्म जयन्ती मनाईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२५ पटक पढिएको
जननेता मदन भण्डारीको जन्म जयन्ती मनाईयो

विश्वमा फैलिएको महामारी कोभिड १९बाट ‘आफुलाई पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारा सहित बेनीमा जननेता मदन भण्डारीको ६९ औं जन्म जयन्ती मनाईएको छ ।
मदन भण्डारी फाउण्डेसन म्याग्दीको आयोजनामा महामारी कोभिड–१९ बाट बच्न सर्वसाधारणलाई मास्क, स्यानीटाईजर तथा कोरना भाईरस संक्रमणबाट वच्ने र बचउने उपाय सम्बन्धी सचेतनामुलक पर्चा वितरण गरिएको थियो ।
मदन भण्डारी जन्मजयन्तीको अवसरमा बेनी अस्पतालको गेटमा आयोजित स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरीकृष्ण श्रेष्ठ, नेता नवराज शर्मा, फाउण्डेसनका सदस्यहरु तर्क केसी, चन्द्र केसी, सन्तोष रावल समेत फाउण्डेसनमा अवद्ध अन्य सदस्यहरु सहभागी भएको फाउण्डेसनका अध्यक्ष गणेश बरुवालले बताए ।
विस २००९ साल असार १४ गते ताप्लेजुङ्ग जिल्लाको ढुङेसाँघुमा बाबु देवीप्रसाद र आमा चन्द्रकला भण्डारीको माईलो छोराको रुपमा जन्मेका मोतीराज (मदन)भण्डारीको जन्म भएको थियो । भण्डारीको पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा विस २०५० जेठ ३ गते सहकर्मी जीवराज आश्रितसहित दासढुङ्गामा रहस्यमयी जीप दुर्घटनामा परि मृत्यु भएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनमा माक्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्त प्रवद्धृकका रुपमा स्व. मदन भडारी विश्वभर स्थापित छन । भण्डारीले प्रतिपादन गरेको नविनतम विचार र बहुदलिय जनवादको सिद्धान्तलाई स्थापित गर्न ०५६ सालमा स्थापित मदन भण्डारी फाउण्डेसन म्याग्दीमा पनि ०५८ सालदेखी सकृय छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल