- Loading...
निजी ल्याबका लागि निर्देशिका जारी, प्रतिस्वाब ५५ सय पाउने
- पुनहिल डट कम
- ५ साल अघि
- १९१ पटक पढिएको

सरकारले निजी प्रयोगशालालाई कोभिड-१९ को मोलिक्युलर (पिसिआर) परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका, २०७७ जारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड-१९ को मोलिक्युलर (पिसिआर) परीक्षण गर्ने निर्देशिका जारी गरेसँगै अब निजी अस्पतालमा पनि (कोभिड १९) परिक्षण सुरु हुने भएको हो।
प्रयोगशालाहरूमा कोरोना भाइरस परीक्षणको लागि नमुना धेरै आउन थालेपछि आएका नमुनाह धेरै समय होल्डमा नरहून् भन्नका साथै परीक्षणको दायरा बढाउन निजी प्रयोगशाला र अस्पतालका प्रयोगशालालाई कोभिड—१९ को परीक्षण गर्न अनुमति दिने जनाएको छ ।पिसिआर गर्न इच्छुक स्वास्थ्य संस्थाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालन गर्न अुनमति लिनुपर्ने उल्लेख गरिएको छ।
यस्तै, परीक्षण गर्ने निजी प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिमको मापदण्ड पूरा गरी बायोसेफ्टी लेबल २ को प्रयोगशाला स्थापना गर्नुपर्ने र परीणक्षको लागि इच्छुक प्रयोगशलालाले दैनिक २ सय परीक्षण गर्ने क्षमता राख्नु पर्नेसमेत पनि निर्देशिकामा उल्लेख छ। यस्तै, निजी प्रयोगशालाले पुलिङ टेष्ट भने गर्न पाउने छैनन्।
निजी प्रयोशशालाले सरकारी प्रयोगशालाबाट आएको नमूनालाई मात्र परीक्षण गर्ने र यसबापत सरकारले प्रतिनमुना अधिकतम पाँच हजार पाँच सय सोध भर्ना गर्नेसमेत निर्देशिकामा स्पष्ट गरिएको छ। अनुमति पाएका प्रयोगशालाले मापदण्ड पूरा नगरेमा अथवा नीति नियम निर्देशिकाहरू पालना नगरेमा जुनसुकै बखत अनुमति खारेज गर्न सकिने व्यवस्थासमेत गरिएको छ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
