FLASH NEWS
  • Loading...

स्थानीयले गरे दाना सवस्टेशनमा तालावन्दी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३२६ पटक पढिएको
स्थानीयले गरे दाना सवस्टेशनमा तालावन्दी

अन्नपूर्ण गाउँपालिका, ३ दानामा निर्माणाधिन कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रशारण लाईनको सवस्टेसनमा स्थानीयले तालावन्दी गरेका छन ।
आयोजनाले स्थानीयसँग प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत पर्ने कामहरु लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अन्नपूर्ण गाउँपालिका, ३ का वडाध्यक्ष नरसिं पुर्जाको नेतृत्वमा स्थानियले बुधवार देखी सवस्टेसनको मुलगेटमा तालावन्दी गरेको स्थानीय इन्द्रसिं शेरचनले बताए ।
आयोजनाले सवस्टेशन निर्माणपूर्वं बेनी–जोमसोम मुल सडकदेखी करिव ५ सय मिटरमाथी ज्ञानप्रकाश माध्यामिक विद्यालयसम्म पुग्ने सडक कालोपत्रे नगरेको, रुप्से युवा क्लवको खेलमैदान घेरावार नगरेको,आमा समुहको भवन अगाडी आगन नवनाएको, खानेपानी प्रयोग गरेवापतको शुल्क नतिरेको, सवस्टेसन छेउबाट द्वारीखोलासम्मको प्रचलित पदमार्ग विगारेको तर मर्मत नगरेको र स्थानिय लाईन मार्फत प्रभावित २४ सै घन्टा विधुत दिने सुनिश्चित नभएको स्थानीयको आरोप छ ।
‘सवस्टेशन निर्माण अन्तिम चरणमा पुग्दासम्म आयोजनाले गर्छु, गर्छु भन्दै स्थानियलाई झुक्यायो, गुमराहमा पाऱ्यो, अहिले आयोजनाका मान्छे नै सम्पर्कमा आउन छोडेपछि बाध्य भै तालावन्दी गरेका हौं’ वडाध्यक्ष नरसिं पुर्जाले भने, ‘आयोजनाले निर्माणपूर्व प्रभावित क्षेत्रमा गर्छु भनेका सामाजिक काम इमन्दारीपूर्वक कार्यान्वयन गर्नु पर्छ । जनप्रतिनिधीको हैसियतले हामी परिस्थितीको जिम्मेवारी लिन तयार छौं ।’

तस्वीर सौजन्य : इन्द्रसिं शेरचन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल