FLASH NEWS
  • Loading...

नेपालमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ हजार नाघ्यो, थप एक जनाको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८२ पटक पढिएको
नेपालमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ हजार नाघ्यो, थप एक जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा थप ४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९,०२६ पुगेको छ। तीमध्ये १,७७२ ना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ।

 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार गुल्मीमा भारतबाट उपचार गराई फर्किएर होम क्वारन्टीनमा बसेका एक व्यक्तिको मृत्यु भएपछि परीक्षण गर्दा कोभिड-१९ पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६,००८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,७५,१७३ पुगेको छ।

अहिलेसम्म ७५ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको पुष्टि भएको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि ९४,९२८ जना क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

अहिलेसम्म पुष्टि भएका कुल सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत (८,२०६) जना पुरुष र बाँकी ८२० जना महिला छन्।  मन्त्रालयले आयोजना गरेको प्रेस ब्रीफिङमा बोल्दै विशेषज्ञ डा. वासुदेव पाण्डेले ९५ प्रतिशत सङ्क्रमित भारतबाट आएको जानकारी दिए। तीमध्ये ९२ प्रतिशत पुरुष छन्।

सङ्क्रमितमध्ये अधिकांश १५ देखि ५४ वर्ष उमेर समूहका भएका र ९८ प्रतिशतमा कोभिड-१९को लक्षण नै नदेखिएको उनले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल