- Loading...
चिनियाँ सेनासँगको झडपमा ३ जना भारतीय सैनिकको मृत्यु
- पुनहिल डट कम
- ५ साल अघि
- २०५ पटक पढिएको

लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।
भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।
भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनालाई उद्धृत गर्दै इन्डिया टुडले लेखेको छ ।
लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।
गत महिना चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो । भारतले सीमारेखा(लाइन अफ् एक्चुअल कन्ट्रोल) पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।
दुई देशबीच तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भने जारी रहेको छ । त्यसका लागि दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि चलिरहेको छ । तर पनि तनाव कम हुनुको साटो थप बढ्दै गएको छ । भारत र चीनबीच सीमामा आइपर्ने तनाव सम्बन्धमा छलफल सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
