FLASH NEWS
  • Loading...

६ दिन अघि क्वारेन्टाईनबाट म्याग्दीखोलाले बगाएका थापा अझै वेपत्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
६ दिन अघि क्वारेन्टाईनबाट म्याग्दीखोलाले बगाएका थापा अझै वेपत्ता

मालिका गाउँपालिका, ६ दरवाङ्ग स्थित जनप्रीय माविमा रहेको क्वारेन्टाईनबाट म्याग्दी खोलामा नुहाउन गएका धौलागिरी गाउँपालिका, ७ धारापानीका १९ बर्षिय राजेश थापा ५ दिनदेखी वेपत्ता छन ।

गत मंगलवार दिउँसो मालिका गापा, ७ दरवाङ्गको छ्यारछ्यारे स्थित नदी किनाराको क्वारेन्टाईनबाट निक्लेर म्याग्दी खोलामा नुहाउन गएका थापालाई बगाएको थियो । प्रहरी र स्थानीयले दुई दिनसम्म खोज्दा फेला पार्न नसकेपछि शसस्त्र प्रहरीका गोताखोरले तीन दिनसम्म खोज्दा पनि फेला नपरेपछि शनिवार साँझ फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत जेठ ८ गते भारतबाट फर्केर बेनीको क्वारेन्टाईनमा ७ दिन बसेपछि स्वाब परिक्षणमा नेगेटिभ आएपछि थापासमेत १७ जनालाई जेठ १९ गते घर नजिकै रहेको मालिका गाउँपालिकाको क्वारेन्टाईनमा स्थानन्त्रण गरिएको थियो ।

वस्तीभन्दा बाहिर खोला किनाराको क्वारेन्टाईनमा बसेका ब्यक्ति खोलामा पुगेको र बगेर वेपत्ता भएपछि क्वारेन्टाईनलाई माथिल्लो दरवाङ्गमा रहेको जनप्रीय माविको पक्की भवनमा स्थानन्क्रण गरिएको छ ।

‘आगनकै क्वारेन्टाइनमा बसेका ब्यत्तिलाई खोलाले बगाएपछि क्वारेन्टाईन नै स्थानन्त्रण गरेका छौं’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्, ‘क्वारेन्टाईनमा बस्ने निरन्तर थपिएपछि ब्यवस्थापनमा समस्या आएको छ । तर सुरक्षा संवेदनशिलता बढेको छ । पाठ सिकेका छौं ।’

क्यारेन्टाईनमा कम्तीमा ५ दिन बसेपछि पिसिआर विधीबाट कोरना टेष्ट गरेपछि रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धीत गाउँपालिकाको क्वारेन्टाईनमै राखेर १५ दिनराखी आरडिटी विधीबाट पुनः परिक्षणपछि मात्र रिपोर्ट नेगेटिभ आए घर पठाउने योजना रहेको जिल्ला कोरना कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

कोरना संक्रमण पुष्टी भएका मालिका गाउँपालिका, ४ ओखरवोटका ३० बर्षिय पुरुषमा र मंगला गापा, ४ का पुरुषलाई बेनीको खुल्ला मञ्च छेउको आईसोलेसनमा राखिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाबाट जेठ २० गतेसम्म १ सय ७९ जनाको स्वाव परिक्षण गरिएकोमा २ जनामा पोजेटिभ र बाँकीमा नेगेटिभ देखिएको छ । २१ जनाको स्वाप पोखरामा परिक्षणक्रममा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल