FLASH NEWS
  • Loading...

शनिबार बिहान थप १७ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा कोरोना संक्रमित ७५ पुगे

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६९ पटक पढिएको
शनिबार बिहान थप १७ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा कोरोना संक्रमित ७५ पुगे

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १६ जना पुरुष तथा ३ महिला , स्याङ्जाका २२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १२ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका १ जना पुरुष  तथा कास्कीका ४ जना पुरुषमा र पर्वतमा ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।
शनिबार कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिका १० जना रहेका छन् । संक्रमित वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका रहेका छन् । यस्तै हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
कास्कीमा पनि ३ नयाँ संक्रमित भेटिएका छन् । कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षिय दुई पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षिय तीन पुरुषमा कोरोना पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका एक पुरुषमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । उनको अहिले काठमाडौंमा उपचार चलि रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल