FLASH NEWS
  • Loading...

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाईन ९७ प्रतिसत सकियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४७१ पटक पढिएको
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाईन ९७ प्रतिसत सकियो

अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने कालीगण्डकी करिडोर २२०/१३२/३३/११ केभिए प्रसारण लाईनको ९७ प्रतिशत निर्माण पुरा भएको छ ।
कालीगण्डकी करिडोर प्रसारण लाईन आयोजनाको बेनी कार्यालयले आर्थिक तर्फ ९५ प्रतिशत र भौतिक तर्फ ९७ प्रतिशत प्रगति रहेको जनाएको जनाएको छ । दाना –कुस्मासम्मको ४२ किमी खण्डमा रहेका १ सय १४ टावर मध्य दुई वटा टावरको फाउण्डेसन खन्ने काम काम भैरहेको छ । बाँकी टावर निर्माण भै तार समेत टाँग्ने काम पुरा भएको आयोजनाले जनाएको छ । दाना र कुस्मा सवस्टेनमा फिनिसिङको काम भैरहेको छ ।
लकडाउनका वीच उपलब्ध सीमित मजदुर लिएर आयोजनाले निर्माण कार्य गरिरहेको छ । लक डाउनका कारण मजदुर घर फर्केपछि आयोजनाको दाना सव स्टेलनमा कार्यरत २ सयमध्य ४० जना, कुस्मा सवस्टेसनमा २ सयमध्य ३४ जना र तार/पोल निर्माणमा संलग्न ३ सयमध्य ६० जना मजदुरले काम गरिरहेका छन ।
‘सवस्टेसन फिनिसिङ, दुई वटा टावर ठडाउने र तीन किमी तार टाँग्ने काम बाँकी छ । लकडाउनले धेरै मजदुर घर फर्केपनि उपलब्ध सिमित श्रमिकबाट असार भित्र प्रशासरण लाईन संञ्चालनमा आउने विश्वास गरेका छौं’ आयोजना प्रमुख चन्दन घोषले भने, ‘बर्खाको समय, लकडाउनले गर्दा ठाउँ–ठाउँमा सवारी पास र मजदुर यताउता पार्न सहज भए, अव अन्तिम चरणमा छौं । विविध ब्यवधानले एक बर्ष ढिला असारपछि यस क्षेत्रका विजुली खेर जाने छैनन ।’
कालीगण्डकी करिडोरमा निर्माणाधिन बेनी–जोमसोम सडकसँग ‘राईट अफ वे’ र अन्नपूर्ण गाउँपालिका, ६ घार पोखरेमा वस्तीमाथी हाईटेन्सन लाईन परेपछि स्थानीयको अवरोधले लामो सयम निर्माण प्रभावित भएको थियो । विधुत प्राधिकरणले दाना र खुर्कोट २२०/१३२/३३/११ केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण गर्न भारतिय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकदार कम्पनीले दुई अर्व ९० करोडमा ठेक्का दिएको थियो । आयोजना र ठेकदार विच सन् २००१८ नोभेम्बरमा निर्माण सम्पन्न गर्ने गरी ३० मे २०१६ मा सम्झौता भएको हो । एक बर्ष म्याद थप गर्दापनि आयोजनाले काम पुरा गर्न नसकेको हो ।
मुस्ताङ्ग/म्याग्दीको उत्तरी क्षेत्रका जलविधुत आयोजना समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र वाग्लुङ्ग जिल्लाका विभिन्न जलविधुत आयोजनाबाट उत्पादित विजुली पर्वतको खुर्कोट सवस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाईनबाट विजुली लैजाने प्राधिकरणको योजना रहेको छ ।
सव स्टेसन ढिलाईले विधुत अलपत्र
कालीगण्डकी करिडोरको दाना सवस्टेसन निर्माण ढिलाई हुँदा म्याग्दी र मुस्ताङ्ग उत्पादित ८ मेगावाट विधुत खेर गैरहेको छ । थापाखोलाको १३.६ मध्य ५ मेगावाट र ५ मेगावाटको घलेम्दी जलविधुतको पुरै विधुत केन्द्रीय ग्रीडमा जोड्ने ठाउँ नहुँदा अलपत्र परेको हो ।
कालीगण्डकी करिडोर प्रशारण लाईन निर्माण भएप्छि ४२ मेगावाटको मिस्त्रीखोला राहुघाट ४२ मेवा, घारखोला १४ मेवा, कालीगण्डकी अपर ६४ मेवा, कालीगण्डकी गर्ज १४६ मेवा, निलगिरी ३८ मेवा,  कोवाङ–कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विधुतलाई जोड्ने योजना छ । त्यसैगरी माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङ्गखोला २५ मेगावाट विधुत यही २ सय २० केभिए कालीगण्डकी करिडोर प्रसारण लाईने जोड्ने योजना हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल