Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

स्वदेश फर्कन चाहनेले थाहा पाउनु पर्ने पाँच कुरा यस्ता छन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१८ पटक पढिएको
स्वदेश फर्कन चाहनेले थाहा पाउनु पर्ने पाँच कुरा यस्ता छन

सरकार विश्वका बिभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउने अन्तिम तयारीमा रहेको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको बैठकले कार्ययोजना स्वीकृत स्वीकृत गरेकोले अव नेपालीलाई स्वदेश ल्याउने बाटो खुलेको हो ।

कार्ययोजना अनुसार आगामी एक सातादेखि १० दिनभित्र विभिन्न देशमा रहेका करिब २५ हजार नेपाली नागरिकलाई नेपाल ल्याइने बताइएको छ । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिकलाई स्वदेश ल्याउन ल्याउने निर्णय गरेको थियो । विदेशबाट उद्धार गरी ल्याएका नेपालीलाई प्रदेश र स्थानीय सरकारसँगको समवन्यमा क्वारेन्टाईनमा राख्ने प्रवन्ध मिलाईने कार्य योजनामा उल्लेख छ ।

१, खर्च आफैले ब्यहोर्नु पर्ने

कार्ययोजना अनुसार विदेशबाट आउन चाहने नेपालीहरूले लागत खर्च आफैँले बेहोर्नुपर्नेछ। सरकारले हवाई जहाजको व्यवस्था गरिदिए पनि त्यसको टिकट खर्च स्वदेश फर्कन चाहनेले स्वयम् तिर्नुपर्नेछ।
स्थानीय तहले बनाएको क्वारन्टीन बस्न नचाहनेले  र  होटलमा क्वारन्टीन बस्न चाहनेले होटलको खर्च पनि आफैँले बेहोर्नुपर्ने छ। स्वदेश फर्कन दिइने आवेदनमा नै सर्त पालन गर्ने प्रतिबद्धता जनाउन लगाइनेछ।

२. बेखर्चीलाई सुरक्षाकर्मी सरह खाना खर्च

विदेशमा खर्च नभएर अलपत्र परेका तथा आम माफी पाएर आएका कामदारलाई भने सरकारले खाना सुविधा दिने छ।
कुवेतलगायतका खाडी मुलुकले आममाफी पाएका कामदारलाई आफैँले नेपालसम्म ल्याइदिने जानकारी दिइसकेका छन्। उनीहरूलाई स्थानीय तहहरूले बनाएका क्वारन्टीनमा राखिनेछ। क्वारन्टीनमा बस्दा दैनिक सुरक्षाकर्मीले पाउने सरहको खाना खर्च दैनिक १७५ रुपैयाँ  पाउने  छन्। यो रकम सिधै पालिकाहरूलाई उपलब्ध गराइने र त्यसले खाना खर्च नपुग्ने अवस्था आएमा पालिकाहरूले आफ्नो कोषबाट रकम थप्नुपर्ने व्यवस्था गरिएको छ।

३. विमानस्थल र नाकामै सिमकार्ड

हवाई मार्गबाट आउनेलाई विमानस्थलमा र स्थलमार्गबाट आउनेका लागि नाकामै नि:शुल्क सिमकार्ड उपलब्ध गराइने छ। घरपरिवारसँग सम्पर्क गर्न यस्तो व्यवस्था गर्न लागिएको हो। भारतबाट नेपाल आउनेका लागि विभिन्न २० वटा नाकाबाट नेपाल आउनेले सुरुमा ‘होल्डिङ सेन्टर’मा जानुपर्नेछ। त्यहाँ उनीहरूलाई सिमकार्ड दिइने छ र स्थानीय तहले व्यवस्था गरेको क्वारन्टीनमा पठाइनेछ।

४. उद्धारमा खटिने जहाज

नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमका जहाजलाई खटाइनेछ। सरकारले दैनिक २५ सय देखि तीन हजार जति नेपालीलाई स्वदेश फर्काउने लक्ष्य राखेको बताइएको छ।
निगमसँग खाडी मुलुकसम्म पुगेर यात्रुहरू ल्याउने अवस्थामा चारवटा जहाज रहेका छन्। ती सबै जहाज उडान गर्दा एकपटकमा ८ सय ६४ जना यात्र ल्याउन सकिन्छ।

५. पहिलो प्राथमिकतामा गर्भवती, सुत्केरी र आममाफी पाएका

सरकारले विदेशबाट आउन चाहनेलाई पहिलो प्राथमिकता खाडी मुलुकमा आममाफी पाएका कामदार, गर्भवती र सुत्केरी महिलालाई राखेको छ । कुवेतमा मात्रै आममाफी पाएका करिब तीन हजार नेपाली  छन्।
सरकारले दोस्रो प्राथमिकतामा भने अलपत्र परेका विद्यार्थी र कामदार लाई राखिएको राखेको छ । कामदारले रोजगारी गुमाएर र विद्यार्थी  बेखर्ची बनेका छन्। सङ्ख्या यकिन भने  छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल