- Loading...
भारतबाट मात्रै ५२ हजार संक्रमित नेपाल भित्रिने सरकारी विश्लेषण
- पुनहिल डट कम
- ४ साल अघि
- १०९ पटक पढिएको

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नजिक पुगेको छ । दैनिकजसो संक्रमितको संख्या बढिरहँदा यसले जनजीवनमा त्रास उत्पन्न गराएको छ । सरकार तथा मातहतका निकाय समेत ५०० हाराहारी संक्रमित पुग्दा तिनीहरुको उपचार तथा व्यवस्थापन गर्न समेत हम्मे हम्मे परिरहेको अवस्था छ। यस्तो बेलामा नेपालमा एकैपटक हजारौं संक्रमित भेटिए अवस्था के होला ?
सरकारले कोरोना नियन्त्रणका लागि गठन गरेको उच्चस्तरीय समिति अन्तर्गत गठन भएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर(सिसीएमसी)ले यस्तै डरलाग्दो विश्लेषण गरेको छ । सिसिएमसीको विश्लेषणमा भारतबाट नेपाल भित्रिन चाहनेहरुलाई आउन दिने हो भने संक्रमितको संख्या हजारौं हुनसक्छ ।
सिसीएमसीको विश्लेषणमा भारतबाट मात्रै ३ लाख ५० हजार नेपाली स्वदेश फर्कने अवस्थामा छन् । आफ्ना नागरिकहरुलाई सरकारले आफ्नै देशमा सधैभरि नआऊ भन्न पनि मिल्दैन ।
उसको विश्लेषणमा भारतबाट नेपाल भित्रिने नेपालीहरु ३ लाख ५० हजारको हाराहारीमा हुने र तीमध्ये कम्तीमा १५ प्रतिशत संक्रमित हुनसक्नेछन् ।
यसको अर्थ भारतबाट ३ लाख ५० हजार नेपाली स्वदेश आउँदा कम्तीमा ५२ हजार संक्रमित समेत स्वदेश भित्रिने छन् । यो भनेको नेपालका लागि निकै भयावह अवस्था हो ।
सिसीएमसीले यही विश्लेषणसहित आवश्यक तयारी थाल्नुपर्ने सुझाव समेत उच्चस्तरीय समितिलाई दिइसकेको छ । सिसीएमसीको यही सुझावका आधारमा सरकारले संक्रमितको संख्या २ हजार पुगेपछि सामान्य संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लिने तयारी गरिरहेको छ ।
सामान्य अवस्थाका संक्रमितलाई घर वा पायक पर्ने कुनै क्षेत्रमा आइसोलेसनमा राख्ने र गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने नीति लिइएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार यसो हुन सक्यो भने मात्र नेपालमा उपलब्ध अस्पतालको बेड संख्या, भेन्टिलेटर संख्याले धान्न सक्नेछ ।
यो कुराको पुष्टि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एउटा अन्तर्वार्तामा गरेका छन् । उनले त्यहाँ भनेका छन्–‘विज्ञहरुका अनुसार ८० प्रतिशत कोरोना संक्रमितलाई त उपचार नै चाहिँदैन, १५ प्रतिशतलाई अक्सिजनसम्म चाहिनसक्छ र बाँकी ५ प्रतिशतलाई मात्र आईसीयू वा भेन्टिलेर नै चाहिन सक्छ ।
धेरै ठूलो संख्यामा बिरामी देखियो भने त्यसपछि सबैलाई अस्पताल ल्याइँदैन । हामीले २ हजारभन्दा बढी संक्रमित देखियो भने कुनै लक्षण नै नदेखिएका संक्रमितलाई अस्पतालमा नराख्ने प्रोटोकल नै बनाएका छौं । त्यसैले संख्या बढ्दै गएपछि हाम्रो योजना र नीति पनि परिवर्तन हुँदै जान्छ ।’
सरकारले पालिकाको एउटा वडामा कम्तीमा १ मान्छे व्यवस्थित ढंगले राख्ने पूर्वाधार विकास गर्ने योजना बनाएको छ । यसो हुनसक्यो भने करिब साढे ६ लाख मान्छेलाई व्यवस्थित गर्न सकिने सरकारी विश्लेषण छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
