FLASH NEWS
  • Loading...

नेपालमा पनि अंपुन चक्रवातको असर

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१० पटक पढिएको
नेपालमा पनि अंपुन चक्रवातको असर

जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा देखिएको अंपुन नामको शक्तिशाली चक्रवातको असर नेपालसम्मै पर्ने भएकाले सतर्कता आपनाउन आग्रह गरेको छ ।
हाल दक्षिण बंगालको खाडीको मध्य भागमा रहेको अंपुन (AMPHAN) चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ। यो १३ किमि प्रति घण्टाको दरले उत्तर तर्फ सर्दै छ। यसमा हावा २२० Knots per hour (४०७ किमि प्रति घण्टा) को वेग मा रहेको र उक्त चक्रवात मंगलबार पूर्वी नेपाल प्रवेश गर्ने महाशाखाले उल्लेख गरेको छ ।


त्यसले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २, ३ दिनसम्म देशैभरि बदली भई केहि स्थानमा वर्षा हुने देखिन्छ महाशाखाले अंपुन चक्रवातबारे अपडेट गर्दै भनेको छ, उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एकरदुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बंगालको खाडी हुँदै विकसित हुने क्रम बढिरहेकाले मंगलबार बेलुकीदेखि पूर्वी भागमा वर्षा हुने बताइन् । ‘मध्य भागसम्म हल्का वर्षा र बदली हुने देखिन्छ ।
विगतमा पनि बंगालको खाडीमा उत्पन्न भएका चक्रवातको केही असर नेपालसम्म परेको थियो । चक्रवातको असर पश्चिम नेपालका भागमा भने पर्दैन ।
कसरी राखिन्छ चक्रवातको नाम ?
सन् १९५३ देखि एटलान्टिक ट्रोपिकल स्ट्रोम र नेसनल हुरिकेन सेन्टरले आँधी र चक्रवातको नामकरण गर्न थालेका हुन् । फानीको नामचाँहि बंगलादेशले प्रस्ताव गरेको हो ।
‘द इन्डिया मेटेरोलोजिकल डिपार्टमेन्ट’ले आठ देशहरू भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, माल्दिभ्स, ओमान, श्रीलंका र थाइल्यान्डलाई चक्रवातको नाम राख्‍न सल्लाह दिएको थियो । त्यसअनुसार ती देशले आँधीका ६४ नाम प्रस्तुत गरेका थिए । आठैवटा देशले ८/८ वटा नाम प्रस्तुत गरेका थिए ।
जतिबेला अरेबियन सागर वा बंगालको खाडीमा आँधी वा चक्रवात आउँछ, त्यही सूचीबाट नाम राख्‍ने गरिएको छ । नाम पनि तीनै आठवटा देशको वर्णानुक्रमअनुसार पालैपालो राखिन्छ ।
‘हुदहुद’ पछि यो इलाकामा आउने आँधीको नाम पाकिस्तानले राखेको थियो । उसले हुदहुदपछि आएको आँधीको नाम ‘निलोफर’ राखेको थियो । त्यसपछि श्रीलंकाले ‘आशोबा’ र थाइल्यान्डले ‘कोमेन’ आँधी नामकरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल