- Loading...
मंगलबारमात्रै थपिए ८३ जना कोरोना संक्रमित, राति फेरि थपिए २६ जना, नेपालमा २१७ जनालाई कोरोना पुष्टि
- पुनहिल डट कम
- ५ साल अघि
- १६८ पटक पढिएको

नेपालमा एकै दिन मंगलबार ८३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । मुलुकको संघीय राजधानी सहर उपत्यकाभित्र पनि फेरि संक्रमण देखिएको छ । जसअनुसार काठमाडौंका एक जना महिला १ र भक्तपुरका एक पुरुष र एक महिला गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले मंगलबार राति सवा १० बजे गरेको अपडेट अनुसार पुनः २६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
आजै दिउँसो पनि ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसहित आजमात्रै ८३ जनामा कोरोना देखिएको छ । हिजो सोमबार पनि २४ जनामा कोरोना देखिएको थियो ।
मंगलबार राति राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणअनुसार पर्साका १८ जनामा कोरोना देखिएको छ । यस्तै महोत्तरीका २ जना, धनुषाका २ जना, भक्तपुरका २ जना, काठमाडौंका १ जना र सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।
उनीहरुमध्ये पुरुष १८ र महिला ८ जना छन् । उनीहरु १६ देखि ६१ वर्षसम्मका भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
